वाल्मीकि विद्यापीठमा तीनदिने नेपाली युनिकोड टाइपिङ प्रशिक्षण सम्पन्न भएको छ । डिजिटल आवश्यकतालाई मध्यनजर गर्दै प्रशिक्षण सञ्चालन गरिएको वेदान्त विभागका सदस्य उपप्राध्यापक डा. उमेशप्रसाद घिमिरेले बताए ।
घिमिरेका अनुसार संस्कृत तथा वेद टाइपिङका लागि समेत उपयोगी हुने युनिकोड प्रणाली विकास गरी शिक्षकलाई प्रशिक्षण दिनु गौरवको विषय भएको बताए ।
प्रशिक्षणमा प्राध्यापक सुमोदवर्धन कौण्डिन्न्यायन (विद्यावारिधि) ले विकास गरेको विशेष नेपाली युनिकोड कीबोर्डका आधारमा सञ्चालन गरिएको थियो। परम्परागत नेपाली टाइपिङ प्रणालीसँग पूर्ण रूपमा मेल खाने गरी तयार गरिएको यो कीबोर्ड नेपाली फन्ट प्रयोगकर्तालाई उपयोगी रहेको बताए ।
प्रशिक्षणमा युनिकोड टाइपिङ मात्र नभई शोधप्रबन्ध तथा शैक्षिक लेखनमा उपयोगी प्राविधिक सीपसमेत सिकाइएको थियो। प्रशिक्षार्थी उपनिषद्बाबु घिमिरेले कीबोर्डका आविष्कारकबाट प्रत्यक्ष प्रशिक्षण पाउनु विशेष अवसर भएको बताए ।
प्रकाशित: १८ वैशाख २०८३ १४:५० शुक्रबार





