काठमाडौं महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
महानगरले सोमबार काठमाडौंमा भएको जेन जीको प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै तीन दिन भदौ २४,२५ र २६ गते विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि नै निजी विद्यालयले भने दुई दिन भदौ २४ र २५ गते विद्यालय बन्द गरी शोक मनाउने निर्णय गरेका छन् ।
प्रकाशित: २३ भाद्र २०८२ २१:३१ सोमबार





