जेन-जीको प्रदर्शनले उग्ररुप लिएपछि लागू भएको कर्फ्यूले विद्यालयले विद्यार्थी घर पठाउन पाएका छैनन् ।
नयाँबानेश्वर क्षेत्रमा जेनजीको प्रदर्शन र अस्तव्यस्त सवारीका कारण विद्यार्थी घर फर्किन सकेका छैनन ।
प्रहरीले फोन गरेर विद्यार्थीलाई होल्डमा राख्न भनेको विद्यालयले जनाएका छन् ।
कर्फ्यूपश्चात पनि आन्दोलन मत्थर भएको छैन । बानेश्वर क्षेत्रको अवस्था तनावग्रस्त छ । आन्दोलन र जामका कारण अभिभावक पनि विद्यालयसम्म पुग्न सकिरहेका छैनन् ।
प्रकाशित: २३ भाद्र २०८२ १५:५९ सोमबार


-600x400.jpg)


