३० असार २०८३ मंगलबार
image/svg+xml
शिक्षा

भर्ना अभियान वैशाख १५ गतेबाट र पठनपाठन २१ गतेबाट

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ को लागि विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने स्पष्ट पारेको छ।

सरकारले वैशाख १५ गतेबाट नयाँ शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेपनि भर्ना कहिलेबाट हुने भन्ने अन्योल भएपछि केन्द्रले आज (बिहीबार) सूचना निकालेर भर्ना पनि १५ गतेबाट नै हुने स्पष्ट पारेको हो। 

केन्द्रले भर्ना अभियान वैशाख १५ गतेबाट र पठनपाठन वैशाख २१ गतेबाट सुरु गर्ने बताएको छ। 

शैक्षिक संस्थामा शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा दिने निर्णय भएकाले सोही अनुसार शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्न भनिएको छ।

प्रकाशित: २६ चैत्र २०८२ १९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App