१ पुस २०८२ मंगलबार
image/svg+xml
शिक्षा

त्रिवेणी माविलाई स्कुल बस सहयोग

कटारीस्थित त्रिबेणी माध्यमिक विद्यालय कटारीलाई भारत सरकारले स्कुल बस सहयोग गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिराज दाहालले दुताबासबाट प्राप्त बस बुझेर कटारी ल्याइने बताए ।  

एयसर कम्पनीको२६ सीट क्षमताको बस बुधबार यातायात कार्यालयमा दर्ता प्रक्रिया पुरा गर्नुपर्ने बिहीबार बिहानमात्र कटारीतर्फ हिडाइने दाहालले बताए ।  

कक्षा १२ सम्म सञ्चालित सामुदायिक विद्यालय त्रिबेणी माविमा पछिल्लो ३ वर्षयता विद्यार्थी आकर्षण निरन्तर बढ्दै गएको छ । विद्यार्थी संख्या बढ्दै गएपछि स्कुल बसको अत्यावश्यक भएर आग्रह गरे अनुसार भारत सरकारले बस उपलब्ध गराएको प्रधानाध्यापक बालकृष्ण कार्कीले बताए ।  

हाल शिशुदेखि कक्षा १२ सम्म २ हजार ५ सय विद्यार्थी पठनपाठन गराउँदै आएको यो विद्यालय ३ वर्षअघिसम्म नमूना माध्यमिक विद्यालय अनुदान प्राप्त थियो । ५ वर्षे नमूना विद्यालयको अनुदान प्राप्त गरेपछि आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार तय भएसँगै विद्यालयले अभिभावक र विद्यार्थीको विश्वास जित्न सफल भएको हो ।  

विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष मोहन कोईरालाले अझै थप २ वटा स्कुल बस आवश्यक देखिएकाले त्यसका लागि थप स्रोतको खोजी भईरहेको बताए । गुणस्तरीय शिक्षा प्रदान गर्न थालेसँगै आकर्षण बढेको स्कुलमा टाढाटाढाका विद्यार्थी पढ्न आउने भएकाले बसको खाँचो परेको उनको भनाई छ ।  

कटारी नगरपालिकाले पनि एउटा बस उपलब्ध गराउने प्रतिबद्धता जनाएको विद्यालयले जनाएको छ । 

प्रकाशित: ८ आश्विन २०८२ १९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App