खोटाङको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले देश र समाज राम्रो बनाउन नैतिक शिक्षा अनिवार्य हुनुपर्ने खाँचो औँल्याएका छन् ।
शनिबार साकेलाकै अगुवा विद्यालय ‘सरस्वती माध्यमिक विद्यालय’को ७१ औं वार्षिकोत्सव’मा प्रमुख अतिथि राईले नैतिक शिक्षा बेगर देश र समाज बनाउन नसकिने बताए ।
नैतिक शिक्षाकै अभावमा नेपालका ठूला राजीतिक दलका उच्चपदस्थ नेतृत्व स्वार्थ केन्द्रित राजनीतिमा फसेको बताउँदै स्वार्थी सोँचका कारण देश अहिले जटिल मोडमा फसेको बताए ।
उच्चतहका नेताहरुको अकर्मन्यताका कारण देशको वर्तमान अवस्था डाँमाडोल भएको टिप्प्णी गर्दै अध्यक्ष राईले अझै सुध्रिएर अघि बढ्दा अवस्था नबिग्रिसकेको विकल्प सुनाए ।
देशको अवस्थाबारे तथ्यलाई ध्यानमा राखेर अघि बढ्न सुझाए । देशले अहिले सामना गरिरहनु परेको जटिल अवस्था बाह्य कारणले आईपरेको नभएर हामीभित्रैको स्वार्थकेन्द्रित सोँचको उपज भएको बताउँदै उनले देशको बारेमा सोँच्ने, देशकै बारेमा काम गर्ने हो भने यस्तो स्थिति नआउने उनको भनाई थियो ।
प्रकाशित: ७ मंसिर २०८२ १५:३९ आइतबार





