लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लुम्बिनी प्रदेशले पुस्तकालयलाई डिजिटल र सामुदायिक बनाउने तयारी गरेको बताएका छन।
लुम्बिनी प्रदेशमा १ सय १० सामुदायिक पुस्तकालय रहेको विवरण दिँदै उनले पुस्तकालयलाई डिजिटलाईज गर्ने सोचकासाथ प्रदेश सरकार अघि बढेको बताए ।
सामाजिक विकास मन्त्रालयले १८औँ पुस्तकालय दिवस–२०८२ को अवसरमा तौलिहवामा आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले यी पुस्तकालयको पहिचान, स्तरोन्नति र सुदृढीकरणलाई प्राथमिकतामा राखेको बताए ।
सामुदायिक पुस्तकालयलाई शैक्षिक स्रोत केन्द्रका रूपमा विकास गर्ने, विद्यालय पुस्तकालयलाई आधुनिक शिक्षण सामग्रीले सुसज्जित बनाउने, डिजिटल पुस्तकालय प्रणालीलाई विस्तार गर्ने तथा पुस्तकालय सञ्चालनमा स्थानीय तह, विद्यालय, समुदाय र निजी क्षेत्रबीच सहकार्य गर्ने नीति अवलम्बन गरिएको बताए ।
उनले पुस्तकालयलाई केवल पुस्तक राख्ने स्थान नभई ज्ञान, चेतना र संस्कृतिको केन्द्रका रूपमा रहेको बताएका छन् ।
प्रकाशित: १५ भाद्र २०८२ १५:५९ आइतबार

