५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
शिक्षा

कसरी हटाउने बालबालिकाको मोवाइल लत

अनेक कारणहरुले गर्दा बालबालिकाहरुको मानसिक स्वास्थ्य गम्भीर अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । सकारात्मक अभिभावकत्व र बाल मानसिक स्वस्थ्य विषयमा सोमबार राजधानीमा गरिएको कार्यक्रममा यसकारण यसमा सकारात्मक अभिभाकत्व आवश्यक भएकोमा जोड दिए ।

सुदृढीकरण तथा सकारात्मक अभिभावकत्व प्रवद्र्धन गर्ने उद्देश्यले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले मोवाइललगायतका डिभाइस कारण बालबालिकाहरु मोवाइल लतमा फसेको भन्दै चिन्ता व्यक्त गरे । यही कारण उनीहरुको मानसिक अवस्था कमजोर भएको विषयमा पनि चर्चा गरियो ।

कार्यक्रममा मानिसको आस्था, अभिभावकत्व शैली र मानसिक स्वास्थ्यबीचको अन्तरसम्बन्धबारे गहिरो बहस गरिएको थियो । कार्यक्रम विभिन्न धर्महरुमा आस्था राख्नेहरुको सामूहिक संगठन अन्तरधार्मिक संघले गरेको थियो । कार्यक्रममा अभिभावक, सरोकारवाला निकाय र विज्ञहरूलाई एउटै मञ्चमा ल्याइ छलफल गराइएको थियो ।

कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो सत्रमा बालबालिकाको भावनात्मक विकासमा आस्था र आध्यात्मिकताको भूमिकामाथि प्रकाश पारिएको थियो । बाल मनोचिकित्सक डा जस्मिन मा (थर नै मा हो है डेस्क)ले मूल्य, आशा, सहनशीलता र करुणाजस्ता पक्षहरूले बाल मानसिक स्वास्थ्यलाई कसरी संरक्षण गर्छन् भन्ने विषयमा प्रस्तुतीकरण गरे । कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको क्लिनिकल सत्रमा डा.जास्मिनले सकारात्मक अभिभावकत्व र बाल मानसिक स्वास्थ्यबारे विस्तृत प्रस्तुति दिइन् । उनले अभिभावकत्वका शैलीले बालबालिकाको व्यवहार, भावना र दीर्घकालीन मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे स्पष्ट पारिन् । साथै भावनात्मक नियन्त्रणका उपाय, प्रारम्भिक चेतावनी संकेत पहिचान र समयमै उपचार तथा रिफरलको आवश्यकता उनले औँल्याइन् ।

अन्तरक्रिया सत्रमा सहभागीहरूले आफ्ना अनुभव र जिज्ञासा राख्दै खुला छलफल गरेका थिए । छलफलमा घर, विद्यालय र समुदायले संयुक्त रूपमा बाल मानसिक स्वास्थ्यको संरक्षण गर्नुपर्नेमा जोड दिइयो ।

कार्यक्रममा महिला आयोगका प्रतिनिधिहरूले बाल अधिकार, नीति तथा संस्थागत भूमिकाबारे धारणा व्यक्त गरेका थिए । वक्ताहरूले सकारात्मक अभिभावकत्वलाई बाल हिंसा न्यूनीकरण र स्वस्थ समाज निर्माणको आधारका रूपमा व्याख्या गरे ।

कार्यक्रमको समापन सत्रमा मुख्य सिकाइ, सिफारिस तथा सहभागीहरूको प्रतिक्रिया संकलन गरिएको थियो । कार्यक्रमले बालबालिकाको मानसिक स्वास्थ्यलाई परिवार, आस्था र समुदायसँग जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याउँदै व्यवहारिक ज्ञान र चेतना अभिवृद्धि गरेको सहभागीहरूको निष्कर्ष निकालियो ।

प्रकाशित: ७ पुस २०८२ १८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App