एसइई नतिजा प्रकाशनसँगै यतिबेला मुलुकभरका विद्यार्थी कक्षा ११ मा अध्ययन गर्ने तयारीमा छन्। कुन विषय पढ्ने र कुन शैक्षिका संस्था रोज्ने भन्ने अन्योल विद्यार्थीमा अझै कायमै देखिन्छ। अझ दूरदराजका विद्यार्थी त आफ्ना अभिभावकको आर्थिक पाटो केलाउँदै कलेज छान्नुपर्ने बाध्यतामा छन्।
के भन्छन् मावि सञ्चालकहरू ?
विश्वस्तरकै प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्छौं

राजनकुमार राई
विद्यालय प्रमुख, ब्रिटिस मोडेल कलेज
ब्रिटिस मोडल कलेज ललितपुर महानगरपालिकाको चाकुपाट– ११ मा अवस्थित छ। सन् २०१३ देखि निरन्तर क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत रहेर क्याम्ब्रिज अन्तर्राष्ट्रिय एएस र ए लेभल (राष्ट्रिय परीक्षा बोर्ड नेपालको कक्षा ११ र १२ सरह) को अध्ययन÷अध्यापन गर्ने–गराउने निजी शैक्षिक संस्था हो यो। अत्याधुनिक प्राविधिक कम्प्युटर एवं स्मार्ट बोर्डजडित वातानुकूलित कक्षाकोठा, अत्याधुनिक विज्ञान प्रयोगशालाको व्यवस्था तथा हरेक विद्यार्थीको समग्र विकास जस्तै– खेलकुद, शैक्षिक भ्रमण एवं समयानुकूल विविध अतिरिक्त क्रियाकलापको समेत उत्तम व्यवस्था गरिएको छ। हरेक शैक्षिक सत्रमा यहाँ अध्ययनरत विद्यार्थी उत्कृष्ट शैक्षिक नतिजाका साथ ८८ प्रतिशतभन्दा माथि उत्तीर्ण हुँदै आएका छन्। यसका साथै यहाँका विद्यार्थी नेपाल सर्वोत्कृष्ट र क्याम्ब्रिज अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट पुरस्कारसमेत हासिल गर्न सफल भएका छन्।
यस स्कुलमा विज्ञान, व्यवस्थापन, मानविकी र ललितकला संकायमा अध्ययन–अध्यापन हुँदै आएको छ। यो शैक्षिक कार्यक्रम नितान्त बेलायतको क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत पर्दछ। यहाँका अधिकतम पूर्वविद्यार्थी उच्च अध्ययनका निमित्त अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्ड जाने गर्दछन्। अधिकांश विद्यार्थी अध्ययनपश्चात् उतै व्यवसाय एवं रोजगार गर्छन् भने कतिपय स्वदेश फर्किएर व्यवसाय गर्छन्। आंशिक विद्यार्थीले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालयमा अध्ययन गरी स्वदेशमै रोजगार–व्यवसाय गर्दै आएको उदाहरण पनि प्रशस्त छ।
ब्रिटिस मोडल कलेजमा जेहेनदार विद्यार्थीका निमित्त २५ प्रतिशतदेखि शतप्रतिशत छात्रवृत्तिको व्यवस्था छ। यहाँ छात्रवृत्तिका निमित्त कुनै निश्चित सिट÷कोटाको व्यवस्था छैन। यदि विद्यार्थी जेहेनदार छन् भने सम्पूर्ण विद्यार्थीले शतप्रतिशत छात्रवृत्ति हासिल गर्न सक्छन्। यसकारणले पनि हरेक विद्यार्थीको पहिलो रोजाइ ब्रिटिस मोडल कलेज नै रहेको हो।
****
एसइईपछि क्याम्ब्रिज कोर्सअन्तर्गत ए लेभल पढाइ

प्रभात क्षेत्री
कार्यक्रम म्यानेजर, कसमस कलेज पोखरा
कसमस इन्टरनेसनल कलेज पोखरा– ३० लेखनाथ/खुदी क्षेत्रमा सन् २०२४ मा स्थापना भएको हो। यो ४६ रोपनी आफ्नै जग्गामा फैलिएको ए लेभल स्कुल हो। एसइईपछि अन्तर्राष्ट्रिय स्तरको क्याम्ब्रिज कोर्सअन्तर्गत ए लेभलमा विद्यार्थीको चौतर्फी विकास गर्ने विषयवस्तुमा शिक्षण गराइन्छ।
ब्रिटिस मापदण्डको आधुनिक कक्षाकोठा र उत्कृष्ट सुविधासम्पन्न विज्ञान ल्याबको व्यवस्थाले विद्यार्थीको शिक्षण सिकाइ प्रभावकारी बनाएको हो। पोखरास्थित कसमस कलेज काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजकै शाखा हो। हाम्रो कलेजमा क्याम्ब्रिज जिसिई एलेभल कार्यक्रम एसइईपछिको दुईबर्से रहेको छ। ब्रिटिस कलेजको भागिनी कलेज भएकाले पहिल्यैदेखि अलमुन्नाईहरूको छलफल र सल्लाहअनुसार अगाडि बढिरहेका छौं। कसमस कलेजको पहिलो ब्याच बजारमा आउने क्रममा छ। अर्को वर्ष अलमुन्नाई पनि गठन गर्ने तयारी छ।
आधुनिक भौतिक पूर्वाधार, एअरकन्डिसन कक्षाकोठा, उत्कृष्ट विज्ञान ल्याब, कम्प्युटर ल्याब र वाइफाईसहितको मल्टिमिडिया शिक्षण सिकाइ र ई–पुस्तकालयसहित शान्त र रमाइलो वातावरणमा शिक्षण सिकाइ गराउनु हाम्रो कलेजका मुख्य विशेषता हुन्। शिक्षकहरूको व्यक्तिगत मार्गनिर्देशन र नियमित मूल्यांकनले विद्यार्थीको सिकाइ उपलब्धिमूलक बन्दै गएको हो। विद्यार्थीले छानीछानी विषय अध्ययन गर्न पाउँछन्। विज्ञान, व्यवस्थापन, लिबरल आर्टलगायतका विषय रोज्न पाइन्छ। जस्तै– विज्ञान पढ्न चाहनेले भौतिक विज्ञान, रसायनशास्त्रसँगै व्यवस्थापनका कुनै एउटा विषय रोजेर अध्ययन गर्न पाउँछन्।
घोकाएर भन्दा खोजेर, बुझेर, अनुसन्धान गरेर प्रस्तुति र समस्या समाधानमा केन्द्रित भई शिक्षण सिकाइ गराइन्छ। अतिरिक्त क्रियाकलाप, बहस, खेलकुद, सांस्कृतिक कार्यक्रम, कार्यशाला, शैक्षिक भ्रमण, नेतृत्व विकासका गतिविधि हाम्रा सिकाइका मुख्य आधार हुन्।
एलेभल विदेशका विश्वविद्यालयहरूमा प्रवेश तयारी हो। बेलायत, अस्ट्रेलिया, अमेरिका, क्यानाडालगायतका देशहरूको शैक्षिक कार्यक्रमलाई लक्षित गरी एलेभल कोर्स तयार गरिएको छ। हामी नेपाल सरकारको १० प्रतिशत छात्रवृत्तिबाहेकको एसइईमा चार जिपिए ल्याउनेलाई मेरिटका आधारमा पूर्ण निःशुल्क छात्रवृत्ति दिन्छौं। साथै विद्यार्थीमा निहित प्रतिभाका आधारमा पनि छात्रवृत्ति उपलब्ध गराउँदै आएका छौं।
****
कक्षा १२ पछिको तयारी हामी आफ्नै स्कुलमा गराउँछौं

रमेश सिलवाल
अध्यक्ष, गोल्डेनगेट इन्टरनेसनल कलेज
गोल्डेनगट इन्टरनेसनल कलेज काठमाडौंको बत्तीसपुतलीमा रहेको छ। २०६४ साल वैशाख १ मा स्थापना भएको यस कलेजले कक्षा १२ पछिको उच्च शिक्षा प्रवेश तयारी स्कुलमै गराउँदै आएको छ। राष्ट्रिय परीक्षा बोर्डले तय गरेको पाठ्यक्रमअनुसार विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषयमा कक्षा ११ र १२ मा पठनपाठन हुन्छ। कक्षा ११ र १२ मा दुई हजार विद्यार्थी अध्ययनरत छन्। क्रेडिट र ननक्रेडिट दुवै कोर्स सञ्चालनमा छ।
शिक्षण सिकाइ आधुनिक क्रियाकलापमा आधारित छ। सरकारले तोकेको १० प्रतिशत छात्रवृत्तिका अतिरिक्त शतप्रतिशत छात्रवृत्तिको समेत व्यवस्था छ। यति मात्र होइन, सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि थप सुविधा पनि छ। हाम्रो कलेजबाट उत्पादित दक्ष र सिपयुक्त जनशक्ति स्वदेश तथा विदेशका विभिन्न निकायमा कार्यरत छन्। अलमुन्नाईको अवस्था बलियो छ। स्वरोजगार, उद्यमी तथा विभिन्न रोजगारमा ९८.५ प्रतिशत अलमुन्नाई नै छन्।
उत्कृष्ट र अत्याधुनिक भौतिक पूर्वाधार, व्यवस्थित ल्याब, पुस्तकालय, अब्बल अतिरिक्त क्रियाकलाप, आधुनिक छात्राबास, खेलकुद, रोबोटिक्स सेमिनार गतिविधि र विज्ञान तथा प्रविधि र व्यवस्थापन धारमा उत्कृष्ट शिक्षण क्रियाकलाप हाम्रो कलेजका मुख्य विशेषता हुन्। भविष्यमा विश्वविद्यालय बनाउने लक्ष्य राखेको हाम्रो कलेजले हाल अन्तर्राष्ट्रिय स्तरको शिक्षण सिकाइ गराएर दक्ष र विश्व बजारमा बिक्ने जनशक्ति उत्पादन गर्दै आएको छ। हाम्रो कलेजको अलुम्नाई नेपालका सक्रिय निजी कलेजकै समूहमा पर्छ।
आइटी कम्पनी, बैंक तथा वित्तीय संस्था, होटेल व्यवस्थापन तथा आतिथ्य सत्कार क्षेत्र, अस्पताल उद्योग, विदेश अध्ययन अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान आदिमा पुगेका छन्। यस कलेजबाट उत्पादित विद्यार्थी मेडिकल र इन्जिनियरिङमा नाम निकाल्न सफल हुँदै आएका छन् भने विदेशमा छात्रवृत्ति प्राप्त गरी जानेहरूको संख्या पनि उल्लेख्य छ।
****
‘अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्छौं’

ई.डा. मिथिलेशकुमार झा
व्यवस्थापन समिति अध्यक्ष, काठमाडौं वर्ल्ड स्कुल
काठमाडौं वर्ल्ड स्कुल भक्तपुरको सूर्यविनायक– ७ स्थित गुन्डुमा रहेको छ। यो निजी क्षेत्रकै उत्कृष्ट र नमुना स्कुल हो। नेपाल सरकारको विशिष्ट श्रेणीमा दर्जित यस स्कुलले भौतिक, शैक्षिक, व्यवस्थापकीय तथा अन्य पक्षमा अन्तर्राष्ट्रिय स्तर कायम गरेको छ।
कक्षा १ देखि कक्षा १२ सम्मका बालबालिकालाई उच्च गुणस्तरको समग्र शिक्षा प्रदान गर्नुका साथै सर्वाङ्गीण विकास गर्ने प्रमुख उद्देश्यका साथ वरिष्ठ नेपाली शिक्षाविद् र उद्यमीहरूको समूहको साझा पहलमा २०७५ सालमा स्थापना भएको हो। ५५ रोपनी क्षेत्रफलमा फैलिएको हाम्रो स्कुलमा शिक्षण शिकाइका लागि अत्यधिक प्रविधियुक्त तथा वातावरण अनुकूलित ठूला कक्षा कोठा, आधुनिक पुस्तकालय र उत्कृष्ट शिक्षकहरूको व्यवस्था गरिएको छ।
खेलकुदका लागि अर्धओलम्पिक साइजको स्विमिङ पुल, सम्भवतः काठमाडौंकै ठूलो फुटसल कोर्ट, तीनवटा अत्याधुनिक बास्केटबल कोर्ट, भलिबलकोर्ट, क्रिकेट नेट, इन्डोर बास्केटबल, नेटबलकोर्ट तथा बाडमिन्टन कोर्ट, टेबुलटेनिस र जिम्न्यास्टिक हलसहितको कबर्डहलको व्यवस्था गरिएको छ। यसैगरी अतिरिक्त क्रियाकलापका लागि संगीत, नृत्य र कलाका विविध विधाका लागि छुट्टाछुट्टै हल तथा दक्ष प्रशिक्षक उपलब्ध छन्। यहाँ भक्तपुरको मौलिक धिमेबाजा र माटोका भाँडा बनाउने कला पनि सिकाइन्छ। त्यसैगरी विभिन्न अन्तर्राष्ट्रिय भाषा पनि सिकाइन्छ।
कक्षा ११ र १२ मा पढ्ने हरेक विद्यार्थीले खेलकुद र अतिरिक्त क्रियाकलापको कुनै एक विधा अनिवार्य सिक्नैपर्छ किनकि ‘एक विद्यार्थी एक सिप’ विद्यालयको नारा हो। त्यसैगरी भिन्न क्लब, विद्यार्थी नेतृत्व समूह तथा कार्यक्रममार्फत प्रत्येक विद्यार्थीलाई नेतृत्व विकासको अवसर प्रदान गर्नुका साथै प्रशस्त आन्तरिक, अन्तरविद्यालयीय र अन्तर्राष्ट्रिय प्रतियोगिता तथा भ्रमणमा सहभागी गराई विद्यार्थीको आत्मविश्वास र अनुकुल क्षमता वृद्धि गराइन्छ। राष्ट्रिय स्तरका खेलाडी तथा विशिष्ट क्षमतावान् विद्यार्थीका लागि पनि विशेष प्रावधान गरिएको छ।
सञ्चालनको आठौं वर्षमा प्रवेश गर्दै गर्दा यसले कक्षा १२ बाट ६ वटा ब्याचलाई शतप्रतिशत नतिजासहित उत्तीर्ण गराई देशभित्र तथा बाहिरका उत्कृष्ट विश्वविद्यालयमा पठाइसकेका छौं। अन्तर्राष्ट्रिय मापदण्ड आइएसओ ९००१ः२००१५ प्रमाणीकरण स्कुल हो। स्कुलले एसइईमा प्राप्त जिपिए, मेरिट, आवश्यकता र क्षमताका आधारमा पनि छात्रवृत्ति उपलब्ध गराएको छ।
****
नतिजामुखी परिणाममा प्रतिबद्ध छौं

रञ्जना प्रधान
प्रिन्सिपल, नाइटिङ्गेल कलेज
नाइटिङ्गेल अन्तर्राष्ट्रिय माध्यमिक विद्यालय/कलेज देशभित्रै विश्वस्तरीय शिक्षा प्रदान गर्ने नाराका साथ २०५७ सालमा स्थापना भएको हो। यस विद्यालय/कलेजले पाठ्यक्रम र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्दै २६औं वर्ष सफलतापूर्वक मनायो। प्रारम्भिक चरणमा विज्ञान र व्यवस्थापन धारका विषयवस्तु मात्र पठनपाठन हुँदै आएकोमा हाल माध्यमिक तह कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापनका साथै मानविकी र कानुन विषयमा पनि पठनपाठन गराउँदै आएको छ। पछिल्लो समय सूचना प्रविधिको एआई माध्यम पनि प्रयोग गरी शिक्षण सिकाइ गराइरहेको छ। समयानुसार स्कुल पनि अपग्रेडेड भएको छ। स्कुल/कलेजले आफ्नो क्षेत्र विस्तार गरेकोमा हामीलाई गर्व लागिरहेको छ।
अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीको चौतर्फी विकास गर्ने गरी शिक्षण सिकाइ गराउँछौं। नतिजामुखी परिणाम दिनु हाम्रो मुख्य उद्देश्य हो। राष्ट्रिय परीक्षा बोर्डको पाठ्यक्रम कार्यान्वयन गरी देश र विश्व बजारका लागि योग्य जनशक्ति उत्पादन गर्दै आएका छौं। दश प्रतिशत सरकारीबाहेक कुल २० प्रतिशत छात्रवृत्ति दिँदै आएका छौं।
नाइटिङ्गेल कलेजले विद्यार्थीमा लुकेको सम्भावना उत्खनन गर्न कुनै कसर बाँकी राखेको छैन। हाम्रा विद्यार्थीको उत्कृष्टता कलेजपरिसरमा मात्र सीमित छैन, देश र विदेशमा पनि छ।
विद्यार्थीमा पूर्णरूपमा सिप क्षमता निर्माण गराउनु र थप जान्नका लागि उनीहरूमा उत्साह बढाउनु हाम्रो उद्देश्य हो; जुन हामी निरन्तर उपलब्ध गराउँदै आएका छौं।
हाम्रा विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डका परीक्षाहरूमा वर्षौंदेखि प्राप्त गरेका उत्कृष्ट नतिजा र प्रसिद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय कलेज/विश्वविद्यालयहरूमा छात्रवृत्तिसहित विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिप्रति हामी गर्व गर्छौं। यस कलेजको आदर्श वाक्य नै ‘श्रम र सम्मान’ रहेको छ। सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रमुख चासो हो। हाम्रो स्कुलको अलमुन्नाई सफल छ। स्कुलले उहाँहरूको सल्लाह, सुझाव र मार्गदर्शन पाउँदै आएको छ।
प्रकाशित: ८ जेष्ठ २०८३ १३:४७ शुक्रबार





