२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
शिक्षा

लुम्बिनी विश्व विद्यालय र इञ्जिनियरिङ परिषदबीच सम्झौता

नेपालका विश्वविद्यालयबाट उत्पादन हुने इञ्जिनियरलाई ‘वासिंटन यकर्ड’ अनुसार विश्वब्यापी रुपमा रोजगारी, अध्ययन र व्यवसायिक दर्ता मान्यताका लागि सम्झौता भएको छ ।  

लुम्बिनी प्राविधिक विश्व विद्यालयर नेपाल इञ्जिनियरिङ परिषद्बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा डा बिनोदप्रसाद ढकाल र परिषद्का अध्यक्ष प्रा. डा.पद्मबहादुर शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।  

यो कार्यलाई नेपाल इञ्जिनियरिङ परिषदले पहल कदमी थालेकाले लुम्बिनी प्राविधिक विश्वविद्यालय र नेपाल इञ्जिनियरिङ परिषद् बीच सम्झौता भएको उपकुलपति डा. ढकालले बताए ।

सम्झौताका क्रममा विश्वविद्यालयका इञ्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा. निरज के.सी., परिषदका रजिष्ट्रार इञ्जिनियर ध्रुबराज भट्टराई लगायत उपस्थित थिए । लुम्बिनी प्रदेश सरकारले नेपालगन्जमा सञ्चालन गरेको विश्वविद्यालयले विभिन्न कार्यक्रममा पठन पाठन गरिरहेको छ ।  

विश्वविद्यालयमा स्नातक तहमा चार वटा कार्यक्रम (बिटेक इन आइटी, बिटेक इनसिएस एण्ड एआई, बिटेक इन सिभिल इञ्जिनियरिङ, बिटेक इन आईटी इञ्जिनियरिङ) तथा स्नातकोत्तर तहमा दुईवटा कार्यक्रम एमटेक इन आइटी र एमटेक इनसिएस सञ्चालन भइरहेका छन् ।

प्रकाशित: १७ कार्तिक २०८२ १८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App