‘महालक्ष्मी साहित्य समाज’ को तेस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएकाे छ।
अधिवेशन महालक्ष्मी नगरपालिका वडा नम्बर ९ को कार्यालय भवनमा भएकाे हाे।
उक्त संस्था महालक्ष्मी नगरपालिका, ललितपुरको पहिलो साहित्यिक संस्था हाे। विसं २०७९ सालमा दर्ता भई संस्थागत साहित्यको श्रीवृद्धि गर्ने उद्देश्यकासाथ गठन भएको उक्त संस्थाले आफ्नो स्थापना कालदेखि नै नियमित साहित्य श्रृङखला,पुस्तक प्रकाशन र स्रष्टा सम्मान जस्ता कार्यक्रम गर्दै आएको छ।
लेखक , कविहरूको बृहत् भेलाबाट सम्पन्न भएको उक्त अधिवेशनले महालक्ष्मी साहित्य समाज ललितपुरको अध्यक्षमा विनोद खत्री 'आकाश' चयन भएका छन्। खत्रीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो। उक्त समाजको उपाध्यक्षमा जुमन किरण, सचिवमा निरा श्रेष्ठ, कोषाध्यक्षमा रूविना राना चयन भएका छन्।
त्यस्तै पुष्कर थापा, सुमन घिमिरे, महेश गौतम, विष्णु थापा, होमनाथ खत्री र राजाराम राउत सर्वसम्मत सदस्यमा चयन भएका छन्। नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ।
प्रकाशित: २० वैशाख २०८३ ०९:३७ आइतबार




-600x400.jpg)
