९ मंसिर २०८१ आइतबार
image/svg+xml
शिक्षा

सरकारी विद्यालयका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने बालेनको प्रस्ताव

फाइल तस्बिर

काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले सरकारी विद्यालयका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेका छन्।

उनले महानगरभित्रका सरकारी विद्यालयमा आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत उपलब्ध गराउने प्रस्ताव गरेका हुन्।

महानगरको आज बसेको नगर कार्यपालिकाको आठौं बैठकमा शाहले कक्षा ७ र ८ मा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खर्च उपलब्ध गराउने प्रस्ताव गरेका छन्।  

शाहले नेपाल सरकारको तर्फ बाट कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई १५ रुपैयाँ दिइरहेको र काठमाडौ महानगरले १० रुपैयाँ थप गरी दिने प्रस्ताव गरेका हुन्। 

प्रकाशित: १२ भाद्र २०७९ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App