१६ चैत्र २०८० शुक्रबार
शिक्षा

आजदेखि नयाँ शैक्षिक सत्र सुरु, अझै तीन महिना विद्यार्थीले पाठ्यपुस्तक नपाउने

आजदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थीको पढाइमा समस्या उत्पन्न हुने देखिएको छ।

विशेषगरी कक्षा ४, ७ र ९ मा सरकारले नयाँ पाठ्यपुस्तक लागू गरेको छ। तर, अहिलेसम्म पनि छपाइ कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरूमा अध्ययन अध्यापन कसरी गर्ने भन्ने अन्योल छाएको छ। अझै ३ महिना विद्यार्थीले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको अध्यापकहरूको बुझाइ छ।

स्थानीय निर्वाचनको तयारीमा सरकार लिप्त रहनु र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्नुले जेठको पहिलो सातासम्म पनि विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको विश्व निकेतन माध्यामिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले बताएका छन्। उनले सरकारले ठोस योजना बनाएर काम नगरेको र शिक्षालाई कम प्राथमिकता दिएका कारण लाखौँ विद्यार्थीहरुको भविष्य अन्योलमा परेको बताएका छन्।

यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गते भित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका छन्। उनले वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि स्थानीय तह निर्वाचनका कारण मतपत्र छाप्ने कार्यलाई प्राथमिकता दिनुपर्ने भएकोले पुस्तक छपाइ कार्य ढिलाइ भएको बताएका छन्।

प्रकाशित: ५ जेष्ठ २०७९ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App