५ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

सेवा निवृत्त शिक्षकलाई सम्मान, गरिब र जेहेन्दार छात्रालाई छात्रवृत्ति

सेवा निवृत्त शिक्षकलाई सम्मान र गरिब तथा जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ।

कपिलवस्तु नगरपालिकाले तौलिहवामा २०७४ साल पुसदेखि हालसम्म सेवा निवृत्त भएका ३५ जना शिक्षकहरुलाई दोसल्ला र कदर पत्रले सम्मानित गरेको हो। मेयर किरण सिंह, उपमेयर लक्ष्मी साउ गुप्ता र नगरपालिका शिक्षा ईकाईका प्रमुख हरिप्रसाद ज्ञवालीले सेवा निवृत्त भएका शिक्षकहरुलाई सम्मानित गरेका थिए। सो अवसरमा शिक्षकहरुलाई मायाको चिनो स्परुप करुवा समेत प्रदान गरिएको थियो।

यस्तै २०७७ सालको एसईईमा राम्रो अंक ल्याई पास गरेका १३ सरकारी विद्यालयका २५ छात्राहरुलाई नौ हजारका दरले प्रोत्साहन स्वरुप छात्रवृत्रि प्रदान गरिएको थियो। हाल ती छात्राहरु कक्षा ११ मा अध्ययरत छन्। सो अवसरमा मेयर किरण सिंहले शिक्षाको ज्योति छर्न आफ्नो उर्जावान समय खर्च गरेका शिक्षकहरुलाई सम्मान गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए। ‘समाजको बाटोलाई सही दिशा निर्देशित गर्ने शिक्षकहरु सम्मानका हकदार छन्, उनीहरुलाई सबैले सम्मान गर्नु पर्छ,’ उनले भने। उनले सेवा निवुत्त शिक्षकहरुको सुखद् भविष्यको कामना गर्दै समाज रुपान्तरणका लागि भूमिका खेल्न समेत आग्रह गरे।

सो अवसरमा उपमेयर गुप्ताले शिक्षकहरुको गुनासालाई कहिल्यै बिर्सन नसक्ने भन्दै यसरी सम्मानित गर्न पाउँदा आफूलाई निकै राम्रो महसुस भएको बताइन्। कार्यक्रममा शिक्षा ईकाईका प्रमुख ज्ञवालीले आफ्नो अमूल्य जीवन शिक्षको ज्योति छर्न मै व्यतित गरेका शिक्षकहरुलाई नगरपालिकाले सम्मानित गरेर बिदाई गरेको बताए। यस्तै छात्राहरुको शिक्षा क्षेत्रमा पहुँच बढाउन गरिब र जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको बताए।

मेयर सिंहको अध्यक्षता, शिक्षा अधिकारी युवराज भुसालको संचालनमा भएको कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार, ३ का प्रकाश गैरे, ४ का रबिन्द्रप्रसाद तिवारी, ५ का दिरेप चैधरी, ११ का रामगोपाल यादव, शिक्षा सल्लाहकार कनकमान श्रेष्ठलगायतको सहभागिता थियो।

प्रकाशित: १३ चैत्र २०७८ १३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App