नयाँ नेतृत्व चयन गर्नेगरी नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङको १३औं जिल्ला अधिवेशन सदरमुकाम फुङ्लिङमा सुरु भएको छ। उक्त अधिवेशनको संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले उद्घाटन गरेका हुन्।
अधिवेशनका क्रममा संगठनका संस्थापक जिल्ला अध्यक्ष खेमराज खरेल सहित पूर्व जिल्ला अध्यक्ष र संगठनको श्रीवृद्धिका लागि काम गर्ने अगुवाहरुलाइ दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको संगठनका जिल्ला उपाध्यक्ष गायत्रा भट्टराई अधिकारीले जानकारी दिइन्।
यसरी सम्मानित हुनेमा खरेल सहित पूर्व अध्यक्षहरु डिल्लीरमण घिमिरे, भरतकुमार गुरुङ, मातृकाप्रसाद भट्टराई, सिंहबहादुर इवाराम, भीमप्रकाश दाहाल तथा अगुवाहरु उमनाथ प्याकुरेल, तुलसीप्रसाद न्यौपाने र डिल्लीरमण अधिकारीसहित रहेका छन्।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो, जिल्ला अध्यक्ष भूपेन्द्र थेबे, प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, प्रदेश कमिटी सदस्य तथा फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल, जिल्ला सचिव एवम् पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, एमाले फक्ताङ्लुङ गाउँपालिका कमिटी अध्यक्ष समेत रहेका सो गाउँपालिकाका अध्यक्ष सरोज एभेङ, विभिन्न पेशागत संघसंगठनका अगुवा, जिल्ला प्याब्सन सहितका संघसंस्थाहरुका अगुवाहरुको उपस्थिति रहेको थियो।
ताप्लेजुङमा २०३७ साल कात्तिक १३ गते नेपाल राष्ट्रिय शिक्षक संगठनको तदर्थ समिति गठन भएको पाइन्छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ। अध्यक्षका लागि वर्तमान अध्यक्ष शरदराज निरौला र चैतन्यप्रसाद खतिवडा आकाँक्षी देखिएका छन्। १२औं जिल्ला अधिवेशनमा पनि निरौला र खतिवडाबीच नै प्रतिस्पर्धा भएको थियो।
प्रकाशित: ३ चैत्र २०७८ ११:२३ बिहीबार





