coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

त्रिविमा करारलाई स्वतः स्थायी गर्ने निर्णय खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

त्रिभुवन विश्वविद्यालय सभाले मंसिर १४ गते करार शिक्षकलाई स्वतः स्थायी गर्ने गरेको निर्णय खारेजी माग गर्दै सात विद्यार्थी संगठनहरु कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर ज्ञापनपत्र बुझाएका छन्।

एमाले निकट अनेरास्ववीयुकी अध्यक्ष सुनिता बराल, अखिल क्रान्तिकारीका अध्यक्ष सुन्दर रायमाझी, अखिल (पाँचौं )का अध्यक्ष घनश्याम मिश्र, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही, राष्ट्रवादी विद्यार्थी संगठन अध्यक्ष अनुप लामिछाने, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका संयोजक राजेश्वरी सुवेदी र राष्ट्रिय विद्यार्थी संघका महासचिव रोशन मिश्रसहितको टोलीले प्रधानमन्त्री देउवालाई भेटेर चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको अनेरास्ववीयु त्रिवि इन्चार्ज मदन विष्टले बताए।

ज्ञापनपत्रमा त्रिवि सभाले करार शिक्षक र कर्मचारीलाई आन्तरिक र विशेष प्रतिस्पर्धा गराई स्थायी गराउने निर्णयले विश्वविद्यालयमा योग्य र दक्ष शिक्षक, कर्मचारी आउने बाटो बन्द गर्दै विश्वविद्यालयमा करार हुँदै स्थायी हुने गलत नजिर बस्ने हुँदा यस्तो निर्णय कुलपतिको पहलमा तत्काल खारेजी हुनु पर्ने जोडदार माग रहेको विष्टले बताए।

यसैगरी चिकित्सा शिक्षा अध्ययनमा नेपाल सरकार चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा लाखौं बढी शुल्क असुल्ने मणिपाल मेडिकल कलेजलगाएत सम्पूर्ण निजी मेडिकल कलेजलाई कारबाहीको दायरामा ल्याई बढी असुली गरेको शुल्क तत्काल फिर्ता गराउनु पर्ने अर्को माग गरेको छ। यस्तै, विद्यार्थी संगठनको आन्दोलनबाट प्राप्त सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट तत्काल लागु हुनु पर्ने र पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनु पर्ने माग गरिएको छ।

प्रकाशित: २१ मंसिर २०७८ १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App