१ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

एसईईमा ताप्लेजुङबाट १३ जना विद्यार्थीले ल्याए ४ जीपीए

ताप्लेजुङका २ सामुदायिक र ४ संस्थागत विद्यालयका १३ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गरेका छन्। 

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेश्वर भट्टराईका अनुसार सामुदायिकतर्फ सिरिजंगा गाउँपालिका वडा नं १ सिनामका ३ जना र आठराइ त्रिबेणी गाउँपालिकास्थित चाँगे माविका १ जना बिद्यार्थीले ४ जीपीए प्राप्त गरेका हुन्।  

संस्थागततर्फ फुङ्लिङ नगरपालिकास्थित लिटलबुद्ध आवासीय मावि र अक्सफोर्ड मोडल इङ्लिस स्कुलका ३–३ र पिपुल्स बोर्डिङ स्कुलका २ र नवज्योति आवासीय माविका १ जना विद्यार्थीको नतिजा ४ जीपीए रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।  

२०७७ सालको एसईई परीक्षामा ताप्लेजुङबाट नियमित साधारणतर्फ १ हजार ९ सय ३७ जना र नियमित प्राविधिकधारतर्फ १ सय १ जना परीक्षार्थीले परीक्षा दिएका थिए। स्तर(ग्रेड) बृद्धितर्फ १ सय १ जना परीक्षार्थी सामेल भएको पनि शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भट्टराईले जानकारी दिए।

प्रकाशित: २६ श्रावण २०७८ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App