१९ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

जनकल्याण माविद्वारा शिक्षकलाई ल्यापटप वितरण

काठमाडौंको बौद्धमा रहेको जनकल्याण माध्यमिक विद्यालयले ‘एक शिक्षक एक ल्यापटप’ वितरण कार्यक्रमण सम्पन्न गरेको छ। कोरोना महामारीको बेला अनलाईन र डिजिटल माध्यमबाट पढाउन सहज पुर्‍याउने उद्देश्यसहित ल्यापटप वितरण गरिएको हो।  

ल्यापटप वितरण गरेसँगै शिक्षकहरुले घरमै बसेर अनलाईन कक्षा सञ्चालन गर्दै आइरहेका छन्। विद्यालयका प्रअ कुमारीकमला राईले कोरोना महामारीको बेला विद्यार्थीलाई अनलाईन माध्यमबाटै भएपनि पठनपाठन गराइएको जानकारी दिइन्। ‘कोरोना महामारीले शैक्षिक क्षेत्रमा ठूलो हानी पुर्‍याएको छ, महामारीकै समयमा पनि विद्यालयकोसम्पूर्ण टिम नै लागेर शैक्षिक कार्यक्रमहरु प्रभावकारी बनाइरहेका छौं,’ उनले भनिन्, ‘महामारीको कारण प्रतिकुल समयलाई सहज बनाउन प्रविधिमैत्री कक्षा बनाउन प्रत्येक शिक्षकलाई विद्यालयकै खर्चमा ‘एक शिक्षक एक ल्यापटप’ वितरण गरिएको हो।’

विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष दिलेन्द्रप्रसाद ढकालले भौतिक निर्माण र शैक्षिक गुणस्तर सुधारमा आफूहरुले ध्यान दिएको बताए। उनले शिक्षकहरूलाई प्रविधिमैत्री शिक्षण गर्नतिर सजिलो होस् भन्ने हेतुले ‘एक शिक्षक एक ल्याप्टप’ वितरण कार्यक्रम गरिएको जानकारी दिए। उनका अनुसार ३४ शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ। अन्य शिक्षकहरूलाई पनि वितरण गर्ने तयारी गरिएको उनको भनाई छ। 

'एक शिक्षक एक ल्यापटप' कार्यक्रमले शिक्षकहरूमा उत्साह थपेको विद्यालयका प्रशासक सुरेशकुमार कटुवालले जानकारी दिए। ल्यापटप वितरण गरेसँगै शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सहज पुगेको उनको भनाई छ। जनकल्याण विद्यालय हालै ‘एक वडा एक नमुना विद्यालय’ को रुपमा छनोट भएको थियो।

प्रकाशित: १५ श्रावण २०७८ १४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App