७ वैशाख २०८१ शुक्रबार
शिक्षा

दरबन्दी मिलानमा सहयोग नगर्नेलाई तलब भत्ता नदिने

शिक्षा मन्त्रालयले दरबन्दी मिलानमा सहयोग नगर्नेलाई तलबभत्ता नदिने भएको छ।

लामो समयदेखि दरबन्दी मिलानको अभ्यास गरिरहेको मन्त्रालयले सो काम सोचेजसरी सम्पन्न गर्न नसकेपछि यस्तो निर्णय गरेको हो।

सो सम्बन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गरेको छ। केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाले शिक्षक दरबन्दी(मिलान तथा व्यवस्थापन) कार्यविधि २०७६ अनुसार शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्य भइरहेको जनाउँदै सो काममा सहयोग नगर्ने स्थानीय तहमा रहेका शिक्षकहरुको तलब भत्ता लगायतको सुविधा निकासा नहुने जनाएको हो।

केन्द्रले असार १० गतेभित्र खुद पुल दरबन्दी कट्टा नगरेका स्थानीय तहहरुलाई समयसीमा दिएको छ। केन्द्रका शाखा अधिकृत भुवनेश्वर जोशीले शिक्षकको खुद पुल दरबन्दी भएका अधिकांश स्थानीय तहहरुले दरबन्दी मिलानको प्रयोजनको लागि खुद पुल दरबन्दी कट्टा गर्नका लागि कतिपय स्थानीय तहरुले हालसम्म पनि रिक्त दरबन्दी कट्टा गर्ने शिक्षकहरुको नामावली नपठाएको जनाउँदै ती स्थानीय तहहरुलाई पत्र समेत पठाएको बताए।

प्रकाशित: ४ असार २०७८ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App