६ वैशाख २०८१ बिहीबार
शिक्षा

उपमहानगरभित्रका शैक्षिक संस्था बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय

कोरोना संक्रमणको अवस्था झन जटिल बन्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकाले बैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले यसअघि आइतबारबाट एक साताका लागि सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।  

उपमहानगरपालिका शिक्षा शाखा प्रमुख (उपसचिव) गोर्खबहादुर थापाले विश्वब्यापी रूपमा फैलिएको कोभिड १९ का कारण नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत संचालित सम्पुर्ण शैक्षिक सस्था, ट्युसन सेन्टर, कोचिङ कक्षारसेन्टर, कम्प्युटर इस्टिच्युट बैशाख मसान्तसम्म अनिवार्य बन्द गर्न सूचना प्रकाशित गरिएको जानकारी दिए। उपमहानगरपालिका शिक्षा शाखाले सोमबार यस्तो सूचना प्रकाशित गरेको उनले बताए।

जिल्लामा फैलिएको कोरोना संक्रमणबाट यहाँका सामुदायिक तथा संस्थागत विद्यालय पनि अछुतो रहेका छैनन्। यहाँका प्रायः विद्यालयमा फैलिएको कोरोना महामारीबाट थुप्रै शिक्षक र विद्यार्थी संक्रमित भइसकेका छन्।

प्रकाशित: ६ वैशाख २०७८ १३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App