८ वैशाख २०८१ शनिबार
शिक्षा

शीतलहरका कारण थप ४ दिनका लागि विद्यालय बन्द

जाडो बढेपछि कपिलवस्तु नगरपालिकलले थप ४ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शीतलहरका कारण जाडो बढेपछि पठनपाठनमा समस्या आएपछि विद्यालयमा जाडो बिदा थपिएको हो। सुरुमा गत माघ ८ देखि माघ १० सम्मका लागि नगरपालिकामा रहेका सबै सरकारी र निजी विद्यालयहरु बन्द गरिएको थियो। नगर शिक्षा समितिको निर्णय अनुसार ४ दिनका लागि जाडो विदा थप गरिएको नगरपालिका शिक्षा ईकाईका उप सचिव हरिप्रसाद ज्ञवालीले बताए। माघ १५ देखि विद्यालय संचालन हुने बताइएको छ। 

जाडो र शीतलहरलाई मध्यनजर गर्दै बिदा गरिएको ज्ञवालीले बताए। जाडोले गर्दा प्राबिमा पढ्ने स–साना विद्यार्थीहरु बढी प्रभावित बनेका थिए। जाडोले गर्दा विद्यार्थीहरुको न्युन उपस्थितिले गर्दा पठनपाठन समेत प्रभावकारी हुन नसकेको शिक्षकहरु बताउँछन्। ‘स–साना विद्यार्थी लुगलुग काम्ने, रुघाखाकी र ज्वरोले प्रभावित हुन थालेका थिए’ शिक्षकहरु भन्छन्। नगरपालिकामा ६० बढी विद्यालयहरु छन्।  

उता मायादेबी गाउँपालिमा समेत विद्यालयमा ३ दिनका लागि जाडो बिदा दिइएको छ। स्वास्थ्य तथा अध्ययन अध्यापन कार्यमा असर गर्ने भन्दै गाउँपालिका भित्र रहेका सबै विद्यालय बन्द गरिएको हो। गाउँपालिका शिक्षा शाखाका प्रमुख अमिनप्रसाद कुर्मीले सूचना निकाल्दै गाउँपालिका भित्र रहेका सबै विद्यालयमा ३ दिनका लागि बन्द गर्ने जनाएका छन्। माघको सुरु देखि नै कपिलवस्तुमा पश्चिमेली हावासंगै बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुँदै आएको छ।

प्रकाशित: १३ माघ २०७७ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App