२३ पुस २०८२ बुधबार
image/svg+xml
शिक्षा

सिपिएलमा टि्रटन कलेज

काठमाडौं, पुस २७ (नागरिक)- टि्रटन इन्टरनेसनल कलेज भारतमा हुने कलेज प्रिमियर लिग (सिपिएल) ट्वान्टी-२० मा सहभागी हुन शुक्रबार त्यसतर्फ जाँदैछ। बेङ्लोरमा अवस्थित जैन विश्वविद्यालयले नेपालमा भारतीय एजुकेसनल सर्भिससँग मिलेर आयोजना गर्ने सिपिएलमा ७ देशका कलेजको सहभागिता हुनेछ।तीन वर्षदेखि बेङ्लोरमा हुँदै आएको प्रतियोगितामा पहिलो पटक नेपाली कलेजले सहभागिता जनाउने लागेको हो। मंसिरमा सिपिएलको नेपाल छनोट प्रतियोगितामा टि्रटनले फाइनलमा गोल्डेनगेट कलेजलाई ८ विकेटले हराएको थियो। अरु टोली आफ्नै खर्चमा आउन लागे पनि टि्रटनको हकमा जैन विश्वविद्यालयले सबै खर्च बेहोर्ने जनाइएको छ।
सिपिएलमा भारतबाट ९, युएईबाट २ तथा पाकिस्तान, श्रीलंका, बंगलादेश, नेपाल र भुटानका १-१ टोलीले भाग लिने छन्। जनवरी १६ देखि २६ सम्म चल्ने प्रतियोगिता भारतमा कर्नाटक स्टेट क्रिकेट संघद्वारा मान्यताप्राप्त हो। नेपालको प्रतिनिधित्व गर्ने टि्रटन समूह एकमा पुनेको एसपी कलेज र बेङ्लोरको दयानन्द सागरसँगै छ। टि्रटनले फेब्रुअरी १७ मा एसपी तथा १८ मा दयानन्दसँग खेल्नेछ।
पहिलो चरणमा २४ टोली सहभागी छन्। प्रत्येक समूह विजेता क्वार्टरफाइनल पुग्नेछ। लिगमा खेल जित्ने टोलीका प्रत्येक सदस्यलाई ३ सय भारु, क्वार्टरफाइनल जित्ने खेलाडीलाई ८ सय, सेमिफाइनल जित्ने खेलाडीलाई १२ सय र फाइनल जित्ने खेलाडीलाई २५ सय प्रदान गर्ने टि्रटनले जनाएको छ।
सिपिएल खेल्न जान लागेको टोलीमा रितेश सिंह (कप्तान), रुपेश श्रीवास्तव, विजय गौतम, इन्द्रकमल मानन्धर, रविन जोशी, निरज बस्नेत, राजेश पुलामी, उज्ज्वल थापा, प्रविण जोशी, अभय पौडेल, अमित श्रेष्ठ, निश्चलसिंह चौधरी, निश्चल पाण्डे, बवी कुँवर, कुमार प्रसुन (प्रशिक्षक), रमेश ढकाल (व्यवस्थापक), सरिता शर्मा (कलेज प्रतिनिधि)) छन्। मेहनती खेलाडी तथा नेपालमा भएका सबैजसो प्रतियोगिताहरू जितेकाले सिपिएलमा सकारात्मक नतिजाको आशा गरेको शर्माले बताइन्। बिहीबार आयोजित बिदाइ कार्यक्रममा वरिष्ठ अम्पायर विनय झाले क्रिकेट भावनाका साथ खेल्न खेलाडीलाई अनुरोध गरे।

प्रकाशित: २८ पुस २०६९ १२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App