coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

अभिभावकले सिकाएको विषयवस्तु पनि पाठ्यक्रमसँग जोडिने !

कोरोना महामारीका कारण लामो समयदेखि अवरुद्ध रहेको विद्यालयको पठनपाठन निरन्तरता दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अभिभावकलाईनै सिकाइ सहजता बनाउने गरी विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका,२०७७ जारी गरेको छ।  

मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको निर्देशिका भदौं १९ गते स्वीकृति भएको हो। मन्त्रालयले भदौं २५ गतेदेखि कार्यन्वयनमा ल्याएको निर्देशिकामा प्रारम्भिक बालविकास उमेर समूहको बालबालिकाको सिकाइ सहजिकरण गर्न होम स्कुलिङको अवधारणाको ब्यवस्था गरेको छ।  

निर्देशिकाको बुँदा नम्बर ७ मा गरिएको ब्यवस्था अनुसार बालबालिकाको सिकाइ सहजीकरण गर्दा सहयोगी कार्यकर्ता तथा अभिभावक मार्फत होम स्कुलिङको रुपमा कार्यक्रम संचालन गर्न सकिने ब्यवस्था गरेको छ। ‘होम स्कुलिङ कार्यक्रम संचालन गर्दा प्रारम्भिक बालबिकाश उमेर समूहको बालबालिका भएको प्रत्येक घरबाट एक जना अभिभावकलाई सिकाइ सहजकर्ता अभिभावकको रुपमा छनौट गर्ने,’ निर्देशिकामा ब्यवस्था गरिएको छ ‘त्यसरी छनौट गर्दा सकेसम्म माथिलो तह अध्ययन गरेको ब्यक्तिलाई छनौट गर्नु पर्छ।’ निर्देशिकामा थप उल्लेख छ ‘सिकाइ सहजकर्ता अभिभावकलाई बालबालिकाले गर्न सक्ने कृयाकलाप र त्यसकालागि चाहिने सामाग्री उपलब्ध गराउनु पर्छ। यसकासाथै सहजकर्तालाई स्वअध्यनकोलागि चाहिने स्वअध्ययन पुस्तक, रेडियो , टेलिभिजन, कम्प्युटर वा इन्टरनेट पोर्टल आदिको प्रच्यक्ष भेटेर वा टेलिफोन मार्फत अभिमुखिकरण गर्नु पर्छ।’

सिकाइ सहजकर्ता छनौट र अभिमुखकरण  गर्ने कार्य सम्बन्धित बालविकस केन्द्रका सहजकर्ता वा प्रधानाध्यापकले तोकेको शिक्षक वा स्वयंसेवकले गर्नु पर्ने ब्यवस्था गरिएको निर्देशिकाले ब्यवस्था गरेको छ।

शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमका अनुसार निर्देशिकाले अभिभावक सहजकर्ताले सिकाइ सहजीकरण गरेको बालबालिकाको सिकाइलाई पनि पाठ्यक्रमको कार्यघण्टासँग जोडिने ब्यवस्था गरेको छ। ‘सिकाइ सहजकर्ता अभिभावकले बालबालिकालाई कार्यतालिका अनुसार विभिन्न कृयाकलापमा संलग्न गराई उनीहरुलाई समस्या परेको अवस्थामा सहयोग गर्नु पर्ने हुन्छ,’ निर्देशक गौतमले नागरिकसँग भने ‘बालविकास केन्द्रका सहजकर्ता वा शिक्षकले बालबालिकाले गरेका कृयाकलापका बारेमा सिकाइ सहजकर्ता अभिभावक मार्फत जानकारी लिने र अभिलेखीकरण गरी आवश्यक सहयोग गर्नु पर्ने ब्यवस्था गरिएको छ।’उनी थप्छन् ‘होम स्कुलिङ कार्यक्रम बालविकासलाई मात्र नभएर विद्यालयले चाहेमा सबै कक्षाकोलागि संचालन गर्न सक्ने ब्यवस्था गरिएको छ।’  

स्थनीय तह र विद्यालयले रेडियो, टेलिभिजन,अनलाइन सामाग्री र छपाई सामाग्री प्रयोग गरी प्रारम्भिक बालविकास उमेर समूहका बालबालिकालाई सिकाइ सहजिकरण गर्न सक्ने ब्यवस्था निर्देशिकाले गरेको छ।  

 

 

प्रकाशित: ३० भाद्र २०७७ ०७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App