१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
शिक्षा

भाइरल ज्वरोले विद्यार्थी नआउँदा विद्यालय बन्द

सइन्द्र राई, खोटाङ, भदौ २८- भाइरल ज्वरोले विद्यार्थी आउन छाडेपछि याम्खा गाविसको महेन्द्रोदय निमावि बन्द भएको छ। ज्वरोका कारण विरामी विद्यार्थीहरु विद्यालय आउन छाडेपछि विद्यालय बन्द गरिएको शिक्षक देउकुमार खत्रीले बताए।

शिक्षक खत्रीका अनुसार भाइरल ज्वरोले विद्यालयका दुई सयमध्ये सय विद्यार्थी बिरामी परेका छन्। भाइरल ज्वरोले विद्यालयका तीन जना शिक्षक/शिक्षिका पनि बिरामी भएका छन्।

उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। भाइरलले याम्खा गाविस-५, ८ र ९ का पूरै गाउँ प्रभाबित बनेको छ। ज्वरोले बुढापाका र बालबालिका बढि प्रभाबित भएको घर-घरमा पुगेर स्थानीय स्वास्थ्यसंस्थाका स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको शिक्षक खत्रीले जानकारी दिए।

प्रकाशित: २८ भाद्र २०६९ ००:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App