८ वैशाख २०८१ शनिबार
शिक्षा

त्रिविका प्राध्यापक र विद्यार्थीले लगाए आफ्नै पदाधिकारीको कार्यकक्षमा ताला

तालाबन्दीले त्रिविका सम्पूर्ण कामकाजा प्रभावित

त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुलेनै विश्वविद्यालय सुधारकालागि आफ्नै पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गर्दा विश्वविद्यालयको सबै कामकारवाही ठप्प बनेको छ ।

कोरोना संक्रमण जोखिमका कारण चैत्त महिनादेखिनै लकडाउन भएकै अवस्थामा विश्वविद्यालयका उपकुलपति प्रा डा. धर्मकान्त बाँस्कोटाले भ्रष्टाचार आरोप लागेका तथा विश्वविद्यालय कार्यकारीलेनै कारवाही गरेका ब्यक्तिहरुलाई विभिन्न आंगिक कलेजहरुको प्रमुखमा नियुक्ति दिएपछि विश्वविद्यालयका प्रध्यापकहरू आक्रोस बने ।

उनीहरुले विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रारलाई पटकपटक भेटेर गलत निर्णय सच्चयाउन आग्रह गर्दा पनि पदाधिकारीहरु मौन बसे । त्यही भएर विश्वविद्यालयका प्रध्यापकहरु आक्रोसीत बन्दै सयौंको सँख्यामा उपस्थित भएरै उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, शिक्षाध्यक्ष प्राडा शिवलाला भूषाल र रजिष्ट्रार पेशल दाहालको कार्यकक्षमा विश्वविद्यालय सुधारकोलागि तालाबन्दी गर्न बाध्य बनेको प्रजातान्त्रवादी प्राध्यापक संघ ,नेपालका अध्यक्ष जगत तिमिल्सिनाले बताए ।

विश्वविद्यालयका पदाधिकारीहरुले दलभित्रका गुटगत किचलो मिलाउन विश्वविद्यालयमा भागबन्डा गर्दै त्रिवि ऐननियम मिच्दै कारावहीमा परेका समेतलाई विभिन्न निकायमा नियुक्ति दिएर विश्वविद्यालयको गरिमा गिराएको अध्यक्ष तिमिल्सिनाको ठहर छ । ‘हामीले असार १९ गते प्रस्तुत गरेका ३३ बुँदे मागहरुमध्ये पहिलो माग प्रशासनिक एवं शैक्षिक पदको नियुक्तिकालागि ज्येष्ठता र प्राज्ञिक विशष्टिताका आधारमा निश्चित एवं पारदर्शी मापदन्ड बनाएर गर्नु पर्ने हो,’ अध्यक्ष तिमिल्सिनाले नागरिकसँग भने, ‘तर पदाधिकारीहरु विश्वविद्यालयको हित भन्दा  दलको हितमा लागेर काम गरिरहेका छन् । मनोमानी रुपमा पदाधिारकारीहरु नियुक्ति गरिएका छन् ।’उनले थपे, ‘हामी प्राध्यापकहरुले विश्वविद्यालयमा परिवर्तनकोलागि तालाबन्दी गरेका हौं । ब्यक्तिगतको लागि होइन ।’

अर्को तर्फ विश्वविद्यालयको शिक्षाध्यक्ष प्राडा शिवलाला भुसालले प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले अषाढ १९ गते उपकुलपति समक्ष ३३ सुत्रीय माग राखेको र समस्याको समाधान गर्न दुई पक्षीय वार्ता एवं सम्वादबाटै हुनुपर्छ भन्ने मान्यतासाथ त्रिवि ब्यवस्थापन संकायको डीन प्राडा डिल्लीराज शर्माको संयोजकत्वमा वार्ता समिति गठन भई कामा अघि बढाएको  जनाए ।

तर संघका तर्फबाट सो समितिबाट प्रतिनिधित्व गर्न अस्वीकार गर्दै साउन ५ गते केन्द्रीय कार्यलय र सेवा आयोगमा तलाबन्दी गरेको उनले बताए । त्यसपछि साउन ७ गते शिक्षाध्यक्ष भुसालको संयोकत्वमा पुनः वार्ता टोलि गठन गरिएको थियो । यो टोलिले संघका प्रध्यापकहरुसँग छलफल समेत अघि बढाएको उनले जनाए । यसैविच नेपालविद्यार्थी संघ (नेविसं)ले पनि विभिन्न मग राख्दै साउन ४ गते उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

प्रध्यापक र विद्यार्थीको तालाबन्दीका कारण विश्वविद्यालयको शैक्षिक, प्रशासनिक र आर्थिक कामकजा ठप्प बनेको शिक्षाध्यक्ष भुसालको भनाई छ । तालाबन्दीका कारण विश्वविद्यालयको अगामी आर्थिक वर्षको बजेट तर्जुमा र वितरण गर्न सकिएको छैन भने अदालतमा रहेका मुद्धाहरुको पेशी, बहस पैरवी तथा अवकाश प्राप्त शिक्षककर्मचारीको संचयकोष, पेन्सनपट्टालगाएतका काम रोकिएको शिक्षाध्यक्ष भुसालले जनाए ।

‘अगामी परीक्षाहरुको तयारी, सम्पन्न परीक्षाको नतिजा प्रकाशन,थेसिस र भाइभा समकक्षता निर्धारण लेखापरीक्षणका कामहरु रोकिएका छन्’, शिक्षाध्यक्ष भुसालले भने‘विद्यार्थी, शिक्षक, कर्मचारीहरुसँग सम्बन्धित विविध पक्षमा असर परिरहेको अवस्था छ ।’उनले थपे‘यसबाहेक त्रिवि सेवा आयोगमा लामो समयदेखि रोकिएको नतिजा प्रकाशन तथा विज्ञपान सम्बन्धी कार्य भइरहेको अवस्थामा तालबन्दीका कारण अवरुद्ध बनेको छ ।’ यति मात्र होइन तालाबन्दीका कारण शिक्षक, कर्मचारीहरुको अवकाशको मुखमा हुँदा हुनु पर्ने बढुवाको अवसरबाट समेत बन्चित भई निवृत हुने अवस्था भएको उनले अवगत गराए । विश्वविद्यालयमा तालाबन्दी कायमै रहने हो भने त्रिभुवन विश्वविद्यालयको मात्र नभई समग्र उच्च शिक्षा क्षेत्रमानै नकरात्मक असर पर्ने निश्चित बनेको उनको ठहर छ ।‘विश्ववद्यालयको संस्थागत सुधार र प्राज्ञिक उन्नयनकालागि जुनसुकै विषयमा छलफल गर्न तयार रहेकोले सबै पक्षहरुले वार्ताबाटै समस्याको समाधान निकाल्नु पर्छ,’शिक्षाध्यक्ष भुसालले आग्रह गरे ‘तसर्थ विज्ञप्ती पेस गर्ने सबै पक्षहरुले तलाबन्दी खोली वार्तामा आउन र सोही माध्यमबाट समसइा समाधानकोलािग लाग्न अनुरोध गरेका हौं ।’

तर संघका अध्यक्ष तिमिल्सिनाले आफुहरुले बैशाख, जेठ र असार १९ गतेसम्म पनि पटकपटक संवाद र सहकार्यकालागि विश्वविद्यालयका पदाधिकारीहरुसँग गरिका प्रयासहरुलाई विश्वविद्यालय प्रशासनले आनाकानी गर्दै आएकोले बाध्य भएर विश्वविद्यालय सुधारकोलागि तालाबन्दी गर्नु पर्नेको दाबी गरे । ‘विश्वविद्यालयको साख जोगाउन हामी प्रध्यापकहरुले विश्वविद्यालयका पदाधिकारीहरुलाई पटकपटक सचेत गराउँदा समेत पदाधिकारीहरु शक्ति केन्द्रकै आडमा प्राज्ञिक मर्यादा गिराउन थालेपछि हामी आन्दोलनरत भयौं,’अध्यक्ष तिमिल्सिनाले नागरिकसँग भने, ‘विश्वविद्यालयका प्रणालीलाई प्राज्ञिक सुसानको नमुना केन्द्र बनाउने हाम्रो आन्दोलन हो ।’

प्रकाशित: १४ श्रावण २०७७ २१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App