coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

अनिवार्य विषयमा एसइई संचालन गर्ने प्रस्ताव : राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष पौडेल

काठमाडौं - निजी विद्यालयहरुले आन्तरिक मूल्याँकनकै आधारमा यस वर्षका  एसइई परीक्षार्थीहरुको प्रमाणिकरण माग गरिरहेको समयमा सरकारले एसइई परीक्षा संचालन शिक्षा ऐनमै ब्यवस्था भएकोले संचालनको विकल्प नरहेको स्पष्ट पारेको छ। आइतबार शिक्षा पत्रकार संजाल नेपाल (इजोन)ले आयोजना गरेको अनलाइन कनफरेन्समा राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले शिक्षा ऐनमै माध्यामिक शिक्षा परिक्षा एसइई  संंचालनपछि  मात्र विद्यार्थीको शैक्षिक योग्यताको प्रमाणपत्र प्रमाणीकरण हुने भएकोले परीक्षा नहुने भ्रममा नपर्न स्पष्ट पारेका छन्। 

एसइई परीक्षा हुने नहुने बारे समाजिक संजाल तथा संसदमा समेत सवाल उठीरहेको अवस्थामा अध्यक्ष पौडेलले  लकडाउन लम्बिए वा  शैक्षिक सत्रमा बाधा पुगे परीक्षाका नयाँ विकल्पहरुबारे शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाएको र त्यही अनुसार अघि बढ्नुपर्ने समेत जनाए। ‘मन्त्रालयले परीक्षा संचालन र ब्यवस्थापनबारे मेरै संयोजकत्वमा गठन गरेको समीतिलेनै शिक्षा ऐनमा ब्यवस्था भए अनुसार एसइई परीक्षा संचालन गरे मात्र बैधानिकता पाउने प्रतिवेदन बुझाएको छ,’ अध्यक्ष पौडेलले आइतबार शिक्षा पत्रकार संजाल नेपाल(ईजोन)ले संचालन गरेको भिडियो कन्फरेन्समा भने ‘बरु समीतिले अनिवार्य ८ विषयहरुमा मात्र परिक्षा संचालन गर्न सकिने विकल्प प्रस्ताव गरेको छ।’

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले समीतिले दिएको प्रस्तावमाथि मन्त्रालयमा छलफल अघि बढेको जनाए। एसइई परिक्षा संचालन नगर्न शिक्षा ऐन नै परिवर्तन गर्नुपर्ने भएकोले हाल यो संभव नभएको स्पप्ट पारे। त्यही भएर एसइई परीक्षा हुन्छ। विद्यार्थी तथा अभिभावकहरु तयारीमा जुटिरहन समेत उनले आग्रह गरे। अनिवार्य विषयको परीक्षा बोर्डले लिने र ऐच्छिक विषयहरु स्कुलहरुले आफैले लिने प्रस्तावमाथि मन्त्रालयले छलफल गरिरहेको छ,’ प्रवक्ता शर्माले भने ‘कक्षा ११मा भर्ना हुन पनि अनिवार्य विषयहरुले मात्र प्राथमिकता राख्छ। ’ उनले थपे ‘हाल मन्त्रालय राष्ट्रिय पाठ्यक्रम परिषदसँग अनुमतिको लागि समेत पहल गरिरहेको छ।’
परीक्षा नियन्त्रक रामराज खकुरेलले लकडाउन खुले जनजिवन समान्य भएको तीन साताभित्र परीक्षा संचालन गर्न सकिने र परीक्षा सकिएको ४५ दिन भित्र नतिजा प्रकासन गर्न सकिने बताए।

यसले विद्यार्थीको शैक्षिक सत्रमा कुनै किसीमको नकरात्मक असर नपर्ने उनको ठहर छ। ‘समाजिक दुरी कायम गर्दै परीक्षा संचालन गर्न थप ७ सय २७ परीक्षा केन्द्र थपेर कुल २७२२ केन्द्र बनायो भने सहज रुपमा एसइई परीक्षा संचालन गर्न सकिन्छ ,’ नियन्त्रक खकुरेलले भने ‘मुलुक भर १० भन्दा कम विद्यार्थी सँख्या भएको एसइई दिने कुल ५सय ८७ स्कुलहरु छन्।’ 

प्रकाशित: २८ वैशाख २०७७ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App