२६ माघ २०८२ सोमबार
image/svg+xml
शिक्षा

एसइईको नतिजा प्रकाशन गर्ने तयारी, बोर्डको बैठक बस्दै

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ। 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार आज बैठक बस्ने भनिए भए पनि समय भने निर्धारण भएको छैन।

बैठकपछि नतिजा प्रकाशनबारे निर्णय हुने बताइएको छ।

एसइई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

प्रकाशित: १३ असार २०८२ ११:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App