३ पुस २०८२ बिहीबार
image/svg+xml
शिक्षा

पूर्व विद्यार्थीबाट विद्यालयलाई आर्थिक सहयोग

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको विद्योदय आधारभूत विद्यालय, ७ दोर्पा छिताताललाई पूर्व विद्यार्थी सक्षम राईले आर्थिक सहयोग गरेका छन्।

सक्षम राई बेलायती सेनामा कार्यरत छन्। उनले विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालनमा सहयोग पुगोस् भनेर २० हजार रुपैयाँ नगद सहयोग गरेका हुन्।

उनका भाइ, स्थानीय श्री अन्नपूर्ण माध्यमिक विद्यालयका शिक्षक बयानसिं राईले विद्यालयका प्रधानाध्यापक शिवकुमार राईलाई उक्त रकम हस्तान्तरण गरे।

आफूले पढेको विद्यालय नमुना बनाउनुपर्छ भन्ने साेचकाे साथ पूर्व विद्यार्थी राईले सहयोग गरेको विद्यालयका सहायक प्रधानाध्यापक गणेशकुमार खड्काले बताए। सक्षम पढाइमा तेज र इमानदार रहेको पनि खड्काले बताए।

प्रकाशित: २४ जेष्ठ २०८२ ११:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App