२० पुस २०८२ आइतबार
image/svg+xml
शिक्षा

शिक्षक आन्दोलनको असर : फुङलिङका सामुदायिक विद्यालयमा वर्षे बिदामा पनि पढाई हुने

शिक्षक आन्दोलनको क्रममा पढाईमा परेको असर भरणका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकाका विद्यालयहरुमा वर्षे बिदाका १३ दिन पढाई सञ्चालन गर्ने सहमति बनेको छ ।  

फुङलिङ नगर शिक्षा समितिका अध्यक्ष एवम् नगरप्रमुख अमिर मादेनको अध्यक्षतामा आइतबार नगर शिक्षा समिति र नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकको छलफल उक्त निष्कर्षमा पुगेको नगरपालिकाको सामाजिक विकास समिति संयोजक क्षितिज सुनुवारले जानकारी दिए । ।

फुङलिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष समेत रहेका सुनुवारका अनुसार आन्दोलनका क्रममा छुटेको पढाई भरणका लागि वर्षे बिदाको समयको १३ दिन पठनपाठन गर्ने सहमति बनेको छ । यसअघि ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षक आन्दोलनका कारण छुटेको पढाई भरणका लागि बर्षे बिदाको ७ दिन पठनपाठन गराउने निर्णय गरिसकेको छ ।  

फक्ताङलुङ गाउँपालिकाले छुटेको पढाई भरणका लागि शैक्षिक क्यालेण्डरमा भएको मिनपचासको वर्षे बिदालाई असार मसान्त सम्ममा घटाउने तथा दशैंतिहार पछिका सार्वजनिक बिदाका दिनमा समेत पढाई सञ्चालन गर्ने निर्णय लिईसकेको छ ।  

प्रकाशित: ४ जेष्ठ २०८२ १६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App