९ चैत्र २०८२ सोमबार
image/svg+xml
शिक्षा

आन्दोलनले रोकिएको पढाइ पूरा गर्न वर्षे बिदामा पनि कक्षा सञ्चालन

आठराई त्रिवेणी गाउँपालिकाका विद्यालयमा शिक्षक आन्दोलनले रोकिएको पढाइ वर्षे बिदाको ७ दिन कक्षा सञ्चालन गरेर पूरा गर्ने सहमति भएको छ।  

गाउँ शिक्षा समिति र पालिकाका ३३ सामुदायिक विद्यालयका प्रधानाध्यापकको संयुक्त बैठकले यो निर्णय गरेको गाउँ शिक्षा समिति अध्यक्ष तथा पालिका अध्यक्ष दीपेन्द्र पोमूले जानकारी दिए। 

उनका अनुसार वैशाख १ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन हुने र त्यसबेला पढाइ नहुने भएकाले आन्दोलनले रोकिएको पढाइ पूरा गर्न वर्षे विदाको केही दिन विद्यालय खुल्नेछ।  

शिक्षक आन्दोलनका कारण प्रभावित पढाइको क्षति पूरा गर्न गाउँ शिक्षा समिति र पालिकाभरिका विद्यालयका प्रधानाध्यापकको बैठकले यो निष्कर्ष निकालेको अध्यक्ष पोमूले बताए।

प्रकाशित: ३१ वैशाख २०८२ ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App