८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
शिक्षा

इम्बार्क रिसर्च रिभ्युको विमोचन : दिगोपन र आर्थिक समावेशीकरणमा नीतिगत चुनौतीहरूमाथि पुस्तक सार्वजनिक

इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कद्वारा प्रकाशित पुस्तक ‘इम्बार्क रिसर्च रिभ्युः दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’को विमोचन गरिएको छ।  

नेटवर्कले नेपालमा सक्रिय व्यवसायहरूमा आधारित एघार केस स्टडी समेटेर आर्थिक समावेशीकरण र दिगोपनका विषयमा नेपाल सरकार, प्रदेश सरकार, निजी क्षेत्र र शिक्षाविद्हरूबीच सहकार्य सशक्त पार्दै तयार पारिएको पुस्तकको आइतबार एक कार्यक्रमका बीच विमोचन गरिएको हो।

कार्यक्रमको अध्यक्षता गरेका इम्बार्क कलेजका कार्यकारी निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले स्वागत मन्तव्य राख्दै इम्बार्क कलेजको उद्देश्य, शिक्षा र अनुसन्धानमार्फत दिगो नेपालको निर्माणमा कलेजको प्रतिबद्धता तथा युनिभर्सिटी अफ रोहम्प्टनसँगको अन्तर्राष्ट्रिय सहकार्यले ल्याएको नयाँ नीति र कार्यक्रमहरूको महत्त्वबारे विशेष चर्चा गरे।

यस्तै, रोहम्प्टन विश्वविद्यालयका उपकुलपति प्रा.डा. जीन नोएल एजिन्गार्डले अनुसन्धान र नीतिनिर्माणमा अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकतामा जोड दिए। उनले भने, 'विश्वविद्यालयहरूको साझा प्रयासले मात्रै वित्तीय समावेशीकरण र स्थिरताका चुनौतीहरूलाई प्रभावकारी समाधान गर्न सकिन्छ।'

स्थिरता र वित्तीय समावेशीकरण सम्बन्धी बहस सत्रमा वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल, सेबनका कार्यकारी निर्देशक डा. नबराज अधिकारी र काठमाडौं फिनटेकका संस्थापक डा. सन्जिब सुब्बाले डिजिटल प्रविधि र नवप्रवर्तनमार्फत वित्तीय पहुँच विस्तार र दिगोपना सुनिश्चित गर्न आवश्यक नीतिगत सुधारहरूमा छलफल गरे। बहस सत्र कलेजका प्रिन्सिपल डा. स्टिफन ड्राइभरले सञ्चालन गरेका थिए।

कार्यक्रमको समापन गर्दै प्रिन्सिपल डा. स्टिफन ड्राइभरले शिक्षा, अनुसन्धान र नीति निर्माणबीचको सहकार्यले मात्रै दिगो समाधान सम्भव भएको बताउँदै सबैलाई आर्थिक समावेशीकरण र स्थिरताको लागि साझा प्रयास गर्न आग्रह गरे।

कार्यक्रममा पुस्तकमा समावेश एघार वटा उत्कृष्ट नेपालमा सक्रिय व्यवसायहरूमा आधारित केस स्टडीका अनुसन्धाताहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो।

इम्बार्क कलेजले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिमा युनिभर्सिटी अफ रोहम्प्टनसँगको सहकार्यमा सञ्चालन गरेको बीएस्सी बिजनेस म्यानेजमेन्ट र एमबीए कार्यक्रममा पनि यस अनुसन्धान र नीति निर्माणको अनुभवलाई समावेश गर्दै दिगो आर्थिक विकासमा योगदान पुर्याइरहेको जनाएको छ।

ललितपुरस्थित पुल्चोकमा रहेको ईम्बार्क कलेजले युनिभर्सिटी अफ रोहम्प्टन, लन्डन (युके)सँगको शैक्षिक साझेदारी र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिमा स्नातक तहमा ४ वर्षे बीएस्सी. बिजनेस म्यानेजमेन्ट र स्नातकोत्तर तहमा २ बर्षे प्लेसमेन्टसहितको मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन जनवरी २०२५ को शैक्षिक सत्रदेखि सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित: १५ वैशाख २०८२ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App