४ चैत्र २०८२ बुधबार
image/svg+xml
शिक्षा

कक्षा १२ को परीक्षा नसर्ने, वैशाख ११ देखि सुरु

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा नसार्ने निर्णय गरेको छ। बोर्डको आज बसेको बैठकले वैशाख ११ देखि २४ गतेसम्म तोकिएको मितिमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नराेक्ने निर्णय गरेकाे बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। परीक्षाको तयारी पूरा भएको र सबै जिल्लाका परीक्षा समन्वय समितिलाई केन्द्रहरूमा परीक्षा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिइएको छ। 

शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन्। शिक्षा ऐन जारी नभएसम्मका आन्दोलन नरोकिने उनीहरूको भनाइ कायमै रहेकाे बेला बाेर्डले याे निर्णय लिएकाे हाे।

उनीहरू आन्दोलनमा नै रहेको खण्डमा प्लस टुको परिक्षा प्रभावित हुन सक्ने देखिएकाे छ। साथै, शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा उनीहरू कायमै रहेका छन्।

यसैबीच शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण पनि परीक्षा सर्ने शंका गरिएको थियो।

प्रकाशित: ९ वैशाख २०८२ १०:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App