२८ वैशाख २०८३ सोमबार
image/svg+xml
शिक्षा

शिक्षक महासङ्घलाई सरकारले फेरि वार्तामा बोलायो

सरकारले शिक्षक महासङ्घलाई फेरि वार्तामा बोलाएको छ। 

शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई बुधबार (भोलि) फेरि वार्ताको लागि बोलाएको हो।

विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक- २०८० प्रतिनिधि सभामा पेस भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले गत चैत २० गतेयता काठमाडौंमा आन्दोलन गरिरहेका छन्।

यसअघि पनि मन्त्रालयले साझा धारणा निर्माण गर्न चैत्र २१ र २२ गते छलफल र परामर्शका लागि बोलाएको थियो। तर, शिक्षकहरू वार्तामा गएनन्।

यसपछि पुन: मन्त्रालयले भोलिका लागि बोलाएको हो। मन्त्रालयले अस्थायी शिक्षक, साबिक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारीलगायतका सबै शिक्षक/कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासङ्घलाई पुनः बोलाएको हो।

मन्त्रालयका प्रवक्ता शिवकुमार साटाका अनुसार वार्ता र संवादको समयतालिका आपसी सल्लाहअनुसार तय गर्न सकिनेछ।

प्रकाशित: २६ चैत्र २०८१ १६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App