२० चैत्र २०८१ बुधबार
image/svg+xml ११:२६ पूर्वाह्न
शिक्षा

कपिलवस्तुमा एसइईको सबै तयारी पूरा, चार महिला केन्द्राध्यक्ष

कपिलवस्तुमा बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चारजना महिलाले केन्द्राध्यक्षको जिम्मेवारी पाएका छन्। विद्यालयका प्रधानाध्यापकसमेत रहेका उनीहरूले केन्द्राध्यक्षको समेत जिम्मेवारी पाएका हुन्। ३४ परीक्षा केन्द्रमध्ये चार महिला केन्द्राध्यक्ष रहेको शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख लोकराज मरासिनीले बताए।

बाणगंगा नगरपालिकाको कोपवास्थित महेन्द्र मावि परीक्षा केन्द्रमा तनुश्री भण्डारी, ओदारी माविमा मीना चौधरी, तौलिहवास्थित बुद्ध ज्योति इङलिस बोर्डिङ स्कुलमा इन्दिरा घिमिरे र शुद्धोधन गाउँपालिकाको बगदीस्थित पूर्ण केशर माविमा लीला खनाललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको हो। चारजना महिला केन्द्राध्यक्षले आफूहरूले केन्द्राध्यक्षको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरे। महेन्द्र मावि कोपवाकी केन्द्राध्यक्ष तनुश्री भण्डारीले आफूहरूले शान्त र मर्यादित रूपमा परीक्षा सञ्चालन गर्ने बताइन्। उता कपिलवस्तुमा (एसइई) सबै तयारी पूरा भएको छ। केन्द्राध्यक्ष केन्द्रमा खटिइसकेका छन् भने प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित स्थापना पुगिसकेको छ। 

‘सरकारले तोकेको मापदण्डअनुसार नै परीक्षा शान्त र व्यवस्थित रूपमा चलाउँछौँ’, उनले भनिन्। उता कपिलवस्तुमा (एसइई) सबै तयारी पूरा भएको छ। केन्द्राध्यक्ष केन्द्रमा खटिइसकेका छन् भने प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित स्थापना पुगिसकेको छ। शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख लोकनाथ मरासिनीले एसइईका सबै तयारी पूरा भएको बताए। उत्तरपुस्तिका सम्बन्धित केन्द्रमा पुगिसकेको छ। प्रश्नपत्र भने जिल्लामा रहेको जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालयमा पठाइसकिएको छ। जिल्लामा ३४ वटा परीक्षा केन्द्र कायम गरिएको छ। गत वर्ष ३० परीक्षा केन्द्र थिए।

यस वर्ष यशोधरा गाउँपालिकाको अनिरुद्र मावि बैदौली, मायादेवी गाउँपालिकाको जनता मावि बलुहवा, पूर्णकेशर मावि बगदी र भद्र मावि पडेरिया केन्द्र थप भएको हो। समन्वय एकाइका अधिकृत अर्जुन कुँवरले एसइईका सबै तयारी पूरा भएको बताए। जिल्ला परीक्षा समन्वय समिति र केन्द्राध्यक्षको अभिमुखीकरण सम्पन्न भइसकेका छ। जिल्लामा एक सय ६७ विद्यालयका नौ हजार चार सय ६१ जना परीक्षामा सहभागी हुनेछन्। 

यसमध्ये नियमिततर्फ आठ हजार एक सय ४५ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्। यस्तै ग्रेडवृद्धितर्फ एक हजार तीन सय १६ जना परीक्षार्थी छन्। यस्तै खुला विद्यालयका ८३ जनासमेत परीक्षामा सहभागी हुने अधिकृत जीवन खनालले बताए। परीक्षा सुरक्षित निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न केन्द्रमा सुरक्षाकर्मी र निरीक्षक राखिने जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रजिअ विश्व प्रकाश अर्यालले बताए।

प्रकाशित: ५ चैत्र २०८१ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App