११ माघ २०८२ आइतबार
image/svg+xml
शिक्षा

अङ्ग्रेजी भाषा शिक्षकहरूको अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि

करिब एक हजार अङ्ग्रेजी भाषा शिक्षक, भाषाविज्ञ र अनुसन्धादाताहरूको सहभागिता रहने २९ औं नेल्टा अन्तराष्ट्रिय सम्मेलन फागुन १५ देखि १७ गतेसम्म ललितपुरमा सुरू हुँदैछ । करिब २० देशबाट प्रतिनिधत्व रहने उक्त सम्मेलनको नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने आयोजक नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा)ले मङ्गलबार पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेल्टा अध्यक्ष प्राध्यापक डा.लक्ष्मण ज्ञवालीले ललितपुरको हातिवनस्थिति लिटिल एन्जल्स स्कुलको सभाहलमा उक्त सम्मेलन आयोजना हुने बताए । विदेशी प्रतिनिधिहरू मंगलबादेखि नै काठमाडौं आउन सुरु भइसकेको उनको भनाइ थियो ।

'मेसिन, मानवता र भाषास् अङ्ग्रेजी भाषा शिक्षणमा नखोजिएका विषयहरूु हामी यसपटकको सम्मेलन यही मूल विषयमा केन्द्रित भएर छलफल गर्दैछौं,' अध्यक्ष ज्ञवालीले पत्रकारहरूसँग भने । उनका अनुसार सम्मेलनमा नेपाल लगायतका अन्तर्राष्ट्रिय विज्ञहरूको अङ्ग्रेजी शिक्षा, व्यावहारिक भाषा विज्ञान र विभिन्न विषय बस्तु र क्षेत्रहरू गरी २ सय भन्दा प्रस्तुति रहनेछन् ।

सम्मेलनमा नेपाल लगायत बेलायत,  अमेरिका,  जापान,  सिंगापुर,  मलेसिया,  भारत,  इन्डोनेसिया, बङ्गलादेश,  थाइल्यान्ड, रुस,  मङ्गोलिया, श्रीलङ्का र  नेपालका मुख्य वक्ताहरू, विशेष वक्ताहरू र प्यानलिस्टहरू गरी एक हजारभन्दा बढी सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा नेल्टाका केन्द्रीय उपाध्यक्ष डा.भीम गौतमले नेपालका तर्फबाट प्राध्यापकहरू तीर्थराज खनियाँ, जयराज आचार्य, लक्ष्मण ज्ञवालीलागयत कि नोट स्पिकरका रूपमा सहभागी हुने बताए । गौतमका अनुसार 'नेपाली सन्दर्भमा अङ्ग्रेजी शिक्षाबारे पुनर्विचारः नेपालको बहुभाषिक शिक्षा व्यवसथापन' शीर्षकमा समेत छुट्टै प्यानल आयोजना हुनेछ ।

नेल्टाका पूर्व अध्यक्षहरू प्राध्यापक मोतिकला देवान सुब्बा, हेमन्तराज दाहाल र महासचिव अशोक सापकोटाले २९ औं सम्मेलन अवधिभरका विभिन्न गतिविधिबारे जानकारी गराउनेछन् । आयोजकका अनुसार सम्मेलनका क्रममा सङ्गोष्ठि, अन्तर्क्रिया, पोष्टर प्रदर्शनी र कविता सत्र जस्ता कार्यक्रमहरू सञ्चालन हुनेछन् । 'स्लाम पोएट्री' सेसनमा प्राध्यापक विष्णु एस राई, कवि मोमिला जोसी र नवराज पराजुलीले रचना वाचन गर्नेछन् । 

सात वटा प्रादेशिक समिति र ६० जिल्लामा शाखा विस्तार गरिएको नेल्टा सन् १९९२ मा स्थापित भएको हो । करिब ५ हजार पाँच सय आजीवन सदस्य रहेको यस संस्थाले अमेरिका, भारत, चीन, बेलायत, पाकिस्तान, बङ्गलादेश, मलेसिया, जापान, इजिप्ट, सिङ्गापुर, मङ्गोलिया, स्पेन, रूस, कोरिया लगायतका देशहरूमा भाषा सम्बन्धि काम गर्ने संस्थाहरुसँग सहकार्य गर्दै आएको आयोजकको छ। 

प्रकाशित: १३ फाल्गुन २०८१ २०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App