३१ चैत्र २०८१ आइतबार
image/svg+xml ०:४६ पूर्वाह्न
शिक्षा

ताप्लेजुङसहित १० जिल्लामा हिमाली आवासीय विद्यालय छात्रावास कार्यक्रम हुने

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय । तस्बिर : गाउँपालिका

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं १ मा रहेको सिनाम माविसहित विभिन्न १० जिल्लाका १० वटा माध्यमिक विद्यालयमा हिमाली आवासीय विद्यालय छात्रावास कार्यक्रम सुरु हुने भएको छ ।

बिशेष शिक्षाका कक्षा र अनाथ बालबालिकाका लागि खान बस्न सहितको आवासीय विद्यालय छात्रावास कार्यक्रम सुरु हुन लागेको हो । उक्त कार्यक्रमका लागि नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नोसहित देशभरबाट १० वटा विद्यालय छनौट भएको सिनाम माविका प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमले जानकारी दिए ।

छनौट भएका विद्यालयहरुले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी हिमाली आवासीय विद्यालय छात्रावास कार्यक्रम कार्यान्वयन कार्यविधि अनुसार कार्यान्वयन गर्न सरकारले छनौट भएका विद्यालयहरुलाई परिपत्र समेत गरेको छ ।

छनौट भएका विद्यालयहरुमा सिनाम माविसहित दोलखाको बिगु गाउँपालिका वडा नं १ स्थित गौरीशंकर मावि, सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ४ स्थित थाङपाल भ्याली मावि र रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ स्थित पार्वती कुण्ड मावि रहेका छन् ।

यस्तै बाजुराको हिमाली गाउँपालिका वडा नं ४ स्थित भवानी मावि र गौमुल गाउँपालिका वडा नं ४ स्थित कीर्तिचौर मावि,कालिकोटको तिलागुफा नगरपालिका वडा नं ३ स्थित महादेव मावि,धादिङको नेत्रावतिडवजोङ गाउँपालिका वडा नं ५ स्थित महेन्द्रबाराही मावि,गोरखाको वारपाक सुलिकोट वडा नं ६ स्थित सूर्यज्योति मावि र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ३ स्थित सरस्वती मावि पनि हिमाली आवासीय विद्यालय छात्रावास कार्यक्रमका लागि छनौट भएका छन् ।

प्रकाशित: ६ फाल्गुन २०८१ १९:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App