१४ चैत्र २०८२ शनिबार
image/svg+xml
शिक्षा

निजी विद्यालयको मनपरी: ७१ लाख अनुचित शुल्क नेविसंघले फिर्ता गरायो

रुपन्देहीका शैक्षिक संस्थाले विद्यार्थीबाट शुल्कका नाममा अनियमित रूपमा उठाएका झन्डै ७१ लाख रकम फिर्ता गरेका छन् । विभिन्न निजी शैक्षिक संस्था तथा विद्यालयले विद्यार्थीबाट अनियमित रूपमा रकम असुलेको थाहा पाएपछि नेपाल विद्यार्थी संघ रुपन्देहीले आन्दोलन गरेको थियो । नेविसंघको आन्दोलनपछि शैक्षिक संस्थाले विद्यार्थीबाट उठाएको ७० लाख ९२ हजार ७६ रुपैयाँ रकम फिर्ता गरेको नेविसंघका जिल्ला अध्यक्ष सन्दीप पाण्डेले जानकारी दिए । 

पाण्डेका अनुसार अनियमित रूपमा उठाउने होराइजन जिबिएसले १९ लाख २४ हजार २८० रुपैयाँ, न्यु होराइजनले १२ लाख १८ हजार ३४० रुपैयाँ र अक्सफोर्ड उच्च माविले १० लाख ६९ हजार ७३० रुपैयाँ, साइग्लोबल माविले ८ लाख २६ हजार पाँच सय रुपैयाँ र ब्रिटिज ग्रामर स्कुलले आठ लाख ९४ हजार ३९६ रुपैयाँ फिर्ता गरेका छन् । 

यस्तै कासिनोबेल एकेडेमीले तीन लाख छ हजार रुपैयाँ, सगरमाथा स्कुलले दुई लाख ६९ हजार ७३० रुपैयाँ, दीप बोर्डिङ हाई स्कुलले एक लाख ९० हजार ४०० रुपैयाँ, प्यारामाउन्ट इङ्गलिस बोर्डिङ स्कुलले एक लाख ५६ हजार पाँच सय रुपैयाँ, मुन लाइट आवासीय माविले एक लाख २९ हजार चार सय रुपैयाँ, सिद्धार्थ बोर्डिङ हाई स्कुलले ९७ हजार ३५० रुपैयाँ र मणिमुकुन्द उच्च माविले ७१ हजार ५१० रुपैयाँ फिर्ता गरेको अध्यक्ष पाण्डेले जानकारी दिए । 

संघले सञ्चालन गरेको ‘मेरो शिक्षा मेरो प्रश्न’ अभियान अन्तर्गत उच्च माध्यमिक तहमा अध्यापन हुने जिल्लाका निजी शैक्षिक संस्थाहरूमा अनुगमन गरेको थियो। सो क्रममा विद्यालयहरूले पूर्ण छात्रवृत्तिमा अध्ययन गरिहेका विद्यार्थीबाट निर्धारित शुल्क भन्दा बढी रकम उठाएको गतिवधि भेटिएपछि आन्दोलन गरेको अध्यक्ष पाण्डेले बताए । 

नेविसंघको आन्दोलनपछि निजी शैक्षिक संस्थाहरूको छाता संगठन हिसान र नेविसंघबीच ६ बुँदे सम्झौता भएको थियो । सो बमोजिम रकम फिर्ता भएको सभापति पाण्डेले जानकारी दिए । 

प्रकाशित: २० मंसिर २०८१ १८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App