४ पुस २०८१ बिहीबार
image/svg+xml
शिक्षा

साक्षर घोषणा भए जुम्लाका ८ वटै स्थानीय तह

जुम्लाका आठ स्थानीय तह साक्षर घोषणा भएका छन्।जिल्लाको एक  मात्र चन्दननाथ नगरपालिका र सात वटा गाउँपालिकामा साक्षर घोषणा गरिएको हो। बिहीबार गुठिचौर गाउँपालिकालाई एक कार्यक्रमको आयोजना गरि साक्षर गाउँपालिका घोषणा गरेपछि जुम्लाका आठ स्थानीय तह साक्षर घोषणा भएका हुन्।जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर अब केही दिनभित्र साक्षर जिल्ला घोषणा हुने बताए।

साक्षर घोषणा गर्न तोकिएका सूचकहरु पूरा भएपछि साक्षर गाउँपालिका घोषणा गरिएको हो।नेपाल सरकारको मापदण्ड अनुसार गाउँपालिकाभित्र ९५ प्रतिशत नागरिक अनिवार्य  लेखपढ गर्न सक्ने हुनुपर्ने व्यवस्था छ।गुठिचौरमा १५ वर्षदेखि ६० वर्ष उमेरका ९५.७३ प्रतिशत साक्षरता भएको गाउँपालिका शिक्षा शाखा प्रमुख सिंहमान रावतले बताए।

उनका अनुसार दस हजार ९ सय ४४ जनसंख्या छ जसमध्ये १५ देखी ६० वर्ष उमेर समूहका छ हजार ७ सय ९३ जनसंख्या छ।जसमध्ये साक्षरता संख्या छ हजार ५ सय ३ जना छन्।भने निरक्षर दुई सय ९० जनाको तथ्यांक छ।यस्तै ५ सय ७१ जनाले एसईई उतिर्ण गरेका छन्। ६ सय ४५ जनाले प्रविणता तह (१२) पास,१ सय ५० जनाले स्नातक तह र ३४ जनाले स्नातकोत्तर तह उतिर्ण गरेको शिक्षा शाखा प्रमुख रावतले बताए।

यस्तै दुई हजार ८ सय २४ जना विद्यार्थी अध्ययनरत छन्।जसमध्ये माध्यमिक तह ११-१२ सम्म ७९ जना,माध्यमिक तह ९-१०  देखि १२ सम्म दुई सय ६९ जना,आधारभूत तह ६-८ सम्म ४ सय २२,आधारभूत तह १-५ सम्म १ हजार ६ सय ३३ जना र प्रारम्भिक बालविकास केन्द्रमा ४ सय २१ जना विद्यार्थी अध्ययनरत छन्।

हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्यालकुलेटर चलाउन सक्ने, आफ्ना भावना व्यक्त गर्न सक्ने जस्ता सूचकहरू पूरा भएपछि गाउँपालिका साक्षर घोषणा गरिएको अध्यक्ष दानबहादुर बुढाले बताए।

यो भन्दा अघि तिला,कनकासुन्दरी, हिमा, सिंजा, चन्दननाथ नगरपालिका,तातोपानी र पातारासी गाउँपालिका साक्षर गाउँपालिकाका रूपमा घोषणा भइसकेका थिए। तिलामा ९५.४ प्रतिशत कनकासुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, हिमा गाउँपालिकामा ९६ प्रतिशत, सिंजामा ९६.५ प्रतिशत, चन्दननाथ नगरपालिकाका ९८.९१ प्रतिशत,तातोपानी गाउँपालिकामा ९५.७७ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ। 

तोकिएका १२ सूचकहरूमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर गाउँपालिका घोषणा गर्न मिल्ने प्रावधानअनुसार जुम्लाका स्थानीय तह साक्षर घोषणा  गरिएका हुन्। 

कनकासुन्दरी गाउँपालिकामा कुल १३ हजार ६ सय २५ जनसंख्या रहेको गाउँपालिकामा ९७ प्रतिशत नागरिक साक्षर छन्।यता पातारासी गाउँपालिकामा १५ देखि ६० वर्षसम्मका १० हजार ४२ जनसंख्या मध्ये ९५.२४ प्रतिशत नागरिक साक्षर छन्।

 एसएलसि वा एसईई पास गरेका ९ सय २८, कक्षा १२ पास गरेका ६ सय ६४, स्नातक तह उत्तीर्ण एक सय ४९ र स्नात्तक तह उत्तीर्ण गरेका ४९ जना छन्।

प्रारम्भिक बाल विकास केन्द्रमा ६ सय ३३, आधारभुत तह (१–५)मा ३ हजार ४, आधारभुत तह (६–८) मा १ हजार ३ सय ४५, माध्यमिक तह (९–१०) मा ७ सय १३ र माध्यमिक तह (११–१२) मा ३ सय ६२ जना विद्यार्थी अध्ययनरत छन्। 

गाउँपालिकाभित्रका रहेका १६ देखि ६० वर्षसम्मका १७ हजार निरक्षरलाई गत वर्षको वैशाख देखि गत असारसम्म साक्षर बनाइएको बताए।यता चन्दनाथ नगरपालिकाको कुल २१ हजार ३६ जनसंख्या रहेको नगरपालिकामा ९८ प्रतिशत नागरिक साक्षर तथ्यांक छ।

 सिंजा गाउँपालिकाले कुल जनसंख्याको ९६ प्रतिशत नागरिक साक्षर भइसकेको देखाएको छ।यस्तै हिमा गाउँपालिको कुल जनसंख्या १२ हजार ८ सय ४ रहेकोमा १२ हजार २ सय २५ जना साक्षर छन्। 

हिमाका १ देखि ७ वडासम्म ९५.७२ प्रतिशत जनसंख्या साक्षर रहेको र मात्र ४.२८ प्रतिशत निरक्षर छन्। गाउँपालिकाको तथ्यांकअनुसार, ५५ जनाले स्नातकोत्तर तह, १ सय ५५ जनाले स्नातक तह, र ८ सय  जनाले आइएड तह उत्तीर्ण गरेका छन्। 

उच्च मावि पास गरेका १ हजार १ सय ९६, एसएलसी पास गरेका ९ सय ५० र एसइई पास गरेका १ हजार ६ सय ४८ जना रहेका छन्। बालविकासको क्षेत्रमा ४ सय २२ जना सामान्य साक्षर छन् भने ५ हजार ३ सय जना विद्यालय उमेरका बालबालिका साक्षर छन्।

प्रकाशित: ७ मंसिर २०८१ १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App