१२ कार्तिक २०८१ सोमबार
image/svg+xml
शिक्षा

इन्जिनियरिङ कलेजमाथि सरकारी हस्तक्षेपको माग

भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजलाई नेपाल सरकारले हस्तक्षेप गरी जोगाउन आह्वान गरिएको छ। नेपाल सरकारले नभए सम्बन्ध प्राप्त पोखरा विश्वविद्यालयले भए पनि हस्तक्षेप गरी जोगाइदिनुपर्नेमा माग गरिएको छ।

राष्टिय सञ्चार केन्द्र नेपाल भक्तपुरको आयोजनामा भक्तपुरको चाँगुनारायण नगरपालिकाको विकास निर्माण र सम्भावना विषयमा आइतबार पत्रकारहरुसँंग गरेको छलफलमा सहभागीहरूले कलेज दुरावस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले कलेजमा प्राचार्यविहीन हुँदा समस्या भएको बताए। प्राचार्यमाथि मुद्दा परेकाले हाल कलेजमा प्राचार्य नहुँदा सबै काम कारबाही ठप्प भएको बताए ।

उपमेयर रमेश बुढाथोकीले कलेज बचाउनका लागि केन्द्रीय सरकारको नै ध्यान जानुपर्ने आवश्यकता औँल्याए।मुद्धै मुद्धाले कलेज शिथिल बनेको भन्दै उनले सरकारले हस्तक्षेप गरी कलेजलाई जोगाउनुपर्ने आवश्यकता औँल्याए।नभए पोखरा विश्वविद्यालयबाट भए पनि हस्तक्षेप गरी कलेजलाई जोगाउनुपर्ने उनले बताए।

नगरपालिकाको शिक्षा विभागका प्रमुख एवं चाँगुनारायण नगरपालिका वडा नं २ दुवाकोटका वडा अध्यक्ष सोमप्रसाद प्रधानले कलेज अहिले गम्भीर मोडमा पुगेको बताए। विद्यार्थी घट्दो रहेको, राजनीति बढी भएका कारण कलेज अस्तव्यस्त हुन पुगेको उनले बताए।

प्रकाशित: ११ कार्तिक २०८१ १८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App