२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

विद्यालय शिक्षा विधेयक, २०८० लाई व्यवस्थित गर्न उपसमिति गठन हुने

फाइल तस्बिर

विद्यालय शिक्षा विधेयक, २०८० लाई व्यवस्थित गर्न उपसमिति गठन हुने भएको छ ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति सभापति अम्मर बहादुर थापाले उपसमिति गठन गरी विधेयकलाई अझ व्यवस्थित बनाइने बताए ।

उनले असल शिक्षा बनाउनका लागि केके मोडलमा जान सकिने हो रु समितिले पनि प्रश्ताव तयार पार्ने र सरकारको पनि धारणा सुनेर थप व्यवस्थित बनाउन उपसमिति वा समन्वय समिति बनाउने बताए । उनले उपसमिति भने आगामी बैठकबाट बनाइने पनि जानकारी दिए ।

सभापति थापाले विधेयकको विषयमा छनोट गरेर कुन कुन राख्दा विधेयक अझ राम्रो हुन्छ त्यसमा अघि बढ्ने गरी तयारी गर्न पनि आग्रह गरे । 

प्रकाशित: १९ भाद्र २०८१ १६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App