२० असार २०८१ बिहीबार
image/svg+xml
शिक्षा

एकीकृत सहरी विकास केन्द्र र बोटलर्सको सहकार्यमा काठमाडौंका २ विद्यालयबाट 'बाबा' परियोजना सुरु

एकीकृत सहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडले काठमाडौंको भित्री क्षेत्रका दुई सामुदायिक विद्यालयबाट बाबा (बालबालिका र वातावरण) परियोजना औपचारिकरुपमा सुरु गरेका छन्। 

काठमाडौं महानगरपालिका, सहरी योजना आयोग र विद्यालयका प्रतिनिधिहरूकोे उपस्थितिमा एक प्रारम्भिक कार्यशालाको आयोजना गरेर उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो। काठमाडौं महानगरपालिकाले यस परियोजनाद्वारा यहाँका सरकारी शैक्षिक संस्थाहरुलाई थप प्रभावकारी बनाउने र शिक्षाको गुणस्तर बढाउने परिकल्पना गरेको छ ।  

परियोजनामा सहभागी विद्यार्थीहरुलाई फोहोर व्यवस्थापन, रिसाइक्लिङ्ग, पुनःप्रयोग, अपसाइकलिङ्ग र फोहोरको वर्गीकरण जस्ता विविध विषयहरुको ज्ञान प्रदान गरिनेछ। उनीहरुलाई वातावरणीय समस्याहरु, वातावरण संरक्षणमा हाम्रो जिम्मेवारी जस्ता ज्ञान प्रदान गर्नु नै यस परियोजनाको मूख्य उद्देश्य रहेको सहरी योजनाआयोग (शिक्षा) का शैलेन्द्र झाले जानकारी दिए।  

यो परियोजनालाई कामनपा वडा नं २२ मा रहेको हिमालय मावि र वडा नं १२ मा रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा पूरक कार्यक्रमका रूपमा राखिएको छ ।  

झाले भने, 'पहिले बाबा कार्यक्रमलाई कामनपाको वातावरण व्यवस्थापन विभागको कम्युनिटी मोबिलाइजेसन युनिट अर्थात् सीएमयूद्वारा परिचालन र कार्यान्वयन गरिएको थियो । बाबा कार्यक्रमलाई पुनर्जीवित र एकीकृत गर्ने उद्देश्यले एकिकृत शहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेड बिच भएको सहकार्यबाट हामी निकै खुसी छौँ । यस सहकार्यले महानगरको ‘बुक फ्री फ्राइडे’ पहलको समर्थन गर्ने कुरा पनि निकै प्रशंशा योग्य छ ।'

प्रकाशित: १८ असार २०८१ १९:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App