१८ चैत्र २०८२ बुधबार
image/svg+xml
शिक्षा

काठमाडौँ महानगरले माग्यो कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन

काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन माग गरेको छ।

महानगरपालिकाले आफू मातहतका संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन माग गरेको हो।

महानगरले शुक्रबार एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन माग गरेको छ। महानगरले परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने पनि बताएको छ।

परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहु वैकल्पिक वस्तुगत प्रश्न हुने समेत महानगरले जानकारी दिएको छ। 

 

प्रकाशित: १४ असार २०८१ १३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App