१५ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

गर्मी बढे पछि कपिलवस्तुका ३ नगरपालिकाले फेरी गर्यो विद्यालय बन्द

गर्मी अत्यधिक बढ्दै गए पछि पठनपाठनमा समस्या आएको भन्दै कपिलवस्तुका ३  नगरपालिकाले फेरी विद्यालय बन्द गरेको छ । कपिलवस्तुको कपिलवस्तु, शिवराज र बाणगंगा नगरपालिकाले ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हो। 

यस अघि जेठ १५ देखि १८ गते सम्म विद्यालयमा गर्मी बिदा दिइएको थियो । जिल्लाका अन्य ७ स्थानीय तहले समेत गर्मी बढे पछि विद्यालय बन्द गर्ने बारे छलफल चलेको बताएका छन ।

ती तीन पालिकाले सुचना जारी गर्दै जेठ ३२ गते सम्मका लागि विद्यालयमा बिदा दिएको जानकारी दिएका छन । कपिलवस्तु नगरपालिका शिक्षा शाखाका प्रमुख हरि प्रसाद ज्ञवालीले गर्मी निरन्तर बढ्दै गए पछि पठनपाठनमा समस्या आएकाले विद्यालय थप ३ दिन बिदा दिइएको बताए । जिल्लाका अधिकांश विद्यालयमा टिनको छानो भएको र बिद्युत् समेत अनियमित हुने गरेको छ ।

जसले गर्दा गर्मीमा पठनपाठनमा समस्या आउने गरेको शिक्षकहरू बताउँछन् । कपिलवस्तुका नगरपालिका– ६ स्थित जलवायु मापन केन्द्र  रामनगरका अनुसार जेठ दोश्रो साता यता जिल्लाको तापक्रम ४० सेल्सीयस पुगेको छ । गर्मीका कारण साना बालबालिकाहरू कक्षा कोठा मै निदाउने, अर्धचेत हुने समस्या बढेको शिक्षकहरू बताउँछन् । 

प्रकाशित: २९ जेष्ठ २०८१ १८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App