१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

फाइल तस्बिर

विद्यार्थीहरु धमाधम बेहोस हुन थालेपछि कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरस्थित नेपाल आदर्श उच्च मावि बिहीवारदेखि बन्द गरिएको छ। दैनिकजसो विद्यार्थी बेहोस भएपछि स्वास्थ्यकर्मीको सल्लाहअनुसार आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोखरेलले बताए। 

पठनपाठनकै समयमा बेहोस हुने, चिच्याउने, कराउने, रुने समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको हो। बुधवार मात्र १० भन्दा धेरै छात्रामा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा विद्यालय बन्द गरिएको प्रधानाध्यापक पोखरेलले बताए। उनले भने, ‘केही दिनपछि अरु विद्यार्थीमा समेत यस्तो समस्या देखिएपछि पठनपाठन बन्द गरेका हौं।’ विद्यालयमा समस्या देखिएपछि मनोविश्षेलकसँग कुराकानी गरिएको नगर प्रमुख अजय थापाले बताए।

केहि दिनअघि सरस्वती आधारभूत विद्यालयमा समेत यस्तो समस्या देखिएको थियो। छात्राहरूमा देखिएको समस्या मास हिस्टेरिया भएको चिकित्सक बताउँछन्। उनीहरुका अनुसार छात्राहरूमा देखिएको समस्या मास हिस्टेरिया हो। केही दिन विद्यालय बन्द गरेपछि समस्या आफैं समाधान हुन्छ।

प्रकाशित: १० फाल्गुन २०८० १२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App