१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

त्रिवि उपकुलपतिको लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आज

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आज हुँदैछ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस समितिद्वारा स्वीकृत ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिससम्बन्धी कार्यविधि ,२०८० अनुसार अल्पसूचीमा परी प्रस्तुतीकरणमा सहभागिता जनाएका १४ उपकुलपति उम्मेदवारहरूको अन्तरवार्ता आज ‘दुई सिफ्ट’ मा लिइने छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार बिहान ८ बजेर ३० मिनेटको ‘सिफ्ट’ मा कुशुम शाक्य, केशरजंग बराल, गोबिन्द सुवेदी, चित्र बहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौडयाल, टंकनाथ धमला, तीर्थराज खनियाँ रहेका छन्।

त्यस्तै ११ बजेको सिफ्टमा नारायण प्रसाद बेलबासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सुर्यबहादुर थापा रहेका छन्।

त्रिविको उपकुलपतिको लागि दुई महिलासहित ४३ जनाले आवेदन दिएका थिए। सो मध्य एक महिलासहित १४ जनाको नाम अल्पसूचीमा परेको हो।

‘अल्पसूचीमा परेका उपकुलपति उम्मेदवारहरुको सोचपत्र र व्यावसायिक कार्यपत्र प्रस्तुतकिरण सकियो,’ प्रवक्ता सापकोटाले नागरिक न्युजसँग भने ‘अब सिफारिस समितिले देशका वरिष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अध्ययन अनुसन्धान गरि ख्याति कमाएका लब्धप्रतिष्ठित शिक्षाविद्हरूबाट उपसमिति बनाएर अन्तरवार्ता लिने टोली छनौट गर्ने काम अघि बढाएको छ।’

उनका अनुसार अल्पसूचीमा  परेका उम्मेदवारहरुको अन्तरवार्ता विज्ञहरुको टोलीले लिनेछ। उनी भन्छन् ‘फागुनको तेस्रो सातासम्म त्रिविले उपकुलपति पाउँछ।’

प्रकाशित: ६ फाल्गुन २०८० ०८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App