२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
शिक्षा

पुनर्निर्माणको पर्खाइमा त्रिचन्द्र क्याम्पस

मुलुककै १०६ वर्ष पुरानो त्रिचन्द्र कलेज अहिले अस्तव्यस्त जस्तै बनेको छ। शैक्षिक, आर्थिक र प्रशासनिक अस्तव्यस्त बनेको कलेज पुन निर्माण पनि अलपत्र छ। २०७२ सालको भूकम्पका कारण जीर्ण बनेको त्रिचन्द्र कलेज घण्टाघर तर्फको भवन रेक्ट्रो फिटिङ र पुनः निर्माणको कार्य सुरु भएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारको पालामा नेपाल विद्यार्थी सङ्घकै नेतृत्वमा विद्यार्थीले आन्दोलन गरी त्रिचन्द्र बचाउ अभियान सुरु गरेका थिए। तत्कालीन सरकारले कलेज पुनः निर्माण र रेक्ट्रोफिटिङको काम तीन वर्ष भित्र सक्ने भन्दै ५४ करोड रकम छुटाएको थियो। हालसम्म ३४ करोड रकम निकासा भइसक्दा काम भने अघि बढेको छैन। एक वर्षभित्र रेक्ट्रो फिटिङको काम ३० प्रतिशत मात्र भएको हो। अर्को तिर रानीपोखरी तर्फको भवन पनि भूकम्पबाट क्षति भई रातो स्टिकर टाँसिएको छ।

हाल ठाउँ अभावमा बाध्यतावस त्रासपूर्ण अवस्थामा विद्यार्थीको पठनपाठन गर्नु परेको कलेज प्रमुख प्राडा निलम श्रेष्ठ प्रधानले दुःखेसो गरिन्। आफू अध्ययन गरेको कलेज बनाउन कलेज प्रमुखको जिम्मेवारी सम्हालेकी प्रमुख निलमका अनुसार हाल कलेजमा मानविकी र विज्ञान तर्फका गरी कुल १२ हजार विद्यार्थी अध्ययनरत छन्।

एकातिर कलेजको १०६ वर्षको इतिहासमा निलम पहिलो महिला प्रमुख हुन सफल भएपछि खुसी छिन्, अर्कोतिर  कलेजको दयनीय अवस्था हेरेर कलेज बनाउने चुनौती पनि उनको सामु रहेको छ।

‘हाम्रो कलेजमा ७७ जिल्लाका १२ हजार बढी विद्यार्थी बिहानी र दिवा सन्ध्या सत्रमा अध्ययन गरिरहेका छन्। सरकारले घण्टाघर तर्फको भवन पुनः निर्माण गरिरहेको सकरात्मक पक्ष हो भने रानी पोखरीतर्फको जोखिमयुक्त भवनमा सबै विद्यार्थी अध्ययन गर्नु पर्ने अवस्था पिडादायी छ,’ प्रमुख प्राडा श्रेष्ठले कलेजको अवस्था बताइन्। उनी आफै त्यसै कलेजको उत्पादन हुन्।

'मैले यहीँबाट २०३७ सालमा आइएस्सी पास गरेकी हुँ। त्यो बखत विज्ञान पूर्ण रुपमा प्राक्टिकल हुन्थ्यो।’ उनले थपिन्‘, 'अहिले सबैतिर विकास भयो तर हाम्रो कलेजको अवस्था जीर्ण बन्यो। विज्ञान तर्फ प्राक्टिकल ल्याब, शैक्षिक सामग्री तथा व्यवस्थित पुस्तकालय समेत छैन। कलेजको शैक्षिक, प्रशासनिक, आर्थिक र भौतिक अवस्था निकै कमजोर बनेको रहेछ।'

नेवि संघका केन्द्रीय सदस्य  गोविन्द कोइरालाले सरकाले कलेजको पुनः निर्माण र रक्ट्रो फिटिङको काम सुरु गरेर केही सकारात्मक काम गरेको भए पनि विद्यार्थी सङ्ख्या धेरै भएकोले त्यसअनुसारको भौतिक पूर्वाधार व्यवस्थापन नहुँदा पठनपाठन गुणस्तरमा चुनौती थपिएको बताए। पुरातात्त्विक संरचनाको जगेर्ना गर्दै पुनः निर्माण गर्नु पर्ने बताउँदै उनले भने ‘सबै १२ हजार विद्यार्थीको भार एउटै रेड स्टिकर लागेको भवनले थेग्नु पर्ने अवस्था छ। क्याम्पसको शैक्षिक, प्रशासनिक, आर्थिक सबै राम्रो भए पनि  व्यवस्थापनमा समस्या देखिएको छ।’

कलेजमा अध्ययन गरिरहेका र अनेरास्ववियुका इकाई अध्यक्ष राजेन्द्र राउतले पनि एउटा जीर्ण भवनले सबै विद्यार्थी भार थेग्दा अर्को दुर्घटना हुनेसक्ने चिन्ता व्यक्त गरे।

प्रकाशित: १३ पुस २०८० ०९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App