३० वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

संघीय शिक्षा ऐनको मस्यौदा परिमार्जन नगरे आन्दोलनमा उत्रने चेतावनी

फाइल तस्बिर

 शिक्षक संघ, सङ्गठनका नेताहरूले संघीय शिक्षा ऐनको ड्राफ्ट (मस्यौदा) लाई परिमार्जन  नगरे  आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिको दशौँ पूर्ण बैठकमा सहभागी  शिक्षक नेताहरूले शिक्षा ऐनको मस्यौदा परिमार्जन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्। 

नेपाल शिक्षक महासङ्घकी केन्द्रीय अध्यक्ष  कमला तुलाधरले शिक्षा ऐन  मस्यौदालाई कालो मस्यौदाको संज्ञा दिइन्। उनले शिक्षा ऐनको ड्राफ्टमा सुधार नगरे  शैक्षिक आन्दोलन घोषणा हुने चेतावनी दिइन्।  उनले नयाँ शिक्षा ऐनको मस्यौदामा राखिएका कतिपय प्रावधानहरू पञ्यातकालीन शिक्षा ऐन भन्दा प्रतिगामी  भएको आरोप लगाइन्। ‘प्रतिगामी शिक्षा ऐन बनाउने गरी मस्यौदा तयार पारिएकाले मस्यौदामा तत्काल सुधार नगरे शिक्षकहरू आन्दोलनमा उत्रनुको  विकल्प  छैन’ उनले भनिन्। उनले ड्राफ्ट सुधार नभए  शिक्षकहरूले  आन्दोलन गरेरै शिक्षा ऐन सच्याउन दबाब दिने बताइन्। 

नेपाल शिक्षक  संघका केन्द्रीय अध्यक्ष  सोमनाथ गिरी  एकिकृत अखिल नेपाल शिक्षक सङ्गठनका महासचिव कुलप्रसाद खतिवडा  केन्द्रीय आन्दोलन परिचालन समितिकी संयोजक  नानुमैया पराजुली  लगायतका शिक्षक नेताले सरोकारवालाहरूसँग  कुनै सरसल्लाह छलफल  नगरी सरकारले संघीय शिक्षा ऐनको   मस्यौदा ल्याएकाले सशक्त सडक आन्दोलनबाट  अग्रगामी संघीय शिक्षा ऐन ल्याउन दबाब दिने बताए । बैठकमा देशभरका ३ सय  शिक्षकका प्रतिनिधिहरू सहभागी भएका थिए। 

प्रकाशित: २० श्रावण २०८० १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App