ताप्लेजुङका दुई स्थानीय तहले तलवी प्रतिबेदन पारित नगरी स्थायी शिक्षकको तलवभत्ता भुक्तानी गरेको पाइएको छ। स्थायी शिक्षकहरुको समग्र अभिलेख व्यवस्थापन गर्ने राष्ट्रिय किताव खानाले तलवी प्रतिबेदन पारित नगरी शिक्षकको तलवभत्ता भुक्तानी गर्ने देशभरका १ सय ६९ स्थानीय तहको नामावली सार्वजनिक गरेको छ। जस अनुसार ताप्लेजुङका सिरिजङ्गा र फक्ताङ्लुङ गाउँपालिका प्रतिबेदन पारित नगरी स्थायी शिक्षकको तलवभत्ता भुक्तानी गर्ने स्थानीय तहमा परेका छन्।
नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तलवी प्रतिबेदन पारित नगरी स्थायी शिक्षकको तलवभत्ता भुक्तानी गर्ने स्थानीय तहलाई प्रचलित कानुन अनुसार आवश्यक प्रकृया पु¥याउन स्थानीय तहलाई परिपत्र गरेको छ।
प्रकाशित: १९ श्रावण २०८० ०३:५८ शुक्रबार





