१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

विधेयकमा हाम्रा माग समेटिनुपर्छ: शिक्षक महासंघ

नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विगतमा भएका सहमतिका विषय ‘विद्यालय शिक्षासम्बन्धी विधेयक’ मा समेटिनुपर्ने बताएको छ।

महासंघले राहत शिक्षक, साविक उच्च माध्यमिक विद्यालय शिक्षक, बालकक्षा, अस्थायी, करार, विशेष शिक्षा, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान, संस्थागत विद्यालयका शिक्षक लगायतका विषयमा ध्यानाकर्षण गराउँदै आएको छ।

नेपाल सरकारको यही साउन १६ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक स्वीकृत गरी संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ भने विधेयक सार्वजनिक भएको छैन। महासंघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले बुधबार जारी गरेको विज्ञप्तिमा मस्यौदामा आफूहरूसँग भएका सहमति र माग सम्बोधन हुनुपर्ने उल्लेख छ।

‘धोका भएका हामी पुनः आन्दोलनका कार्यक्रमसहित आउन बाध्य हुनेछौं’, विज्ञप्तिमा भनिएको छ, ‘हामी मुख्य सरोकार पक्षसँग सरकारले आधिकारिक रूपमा मस्यौदामा छलफल र संवाद गर्न चाहेमा हामी तयार छौं।’

प्रकाशित: १८ श्रावण २०८० ०५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App