१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक

साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक बनेको छ । लुम्बिनी प्रदेशमा रहेका १२ जिल्ला मध्ये ११ जिल्ला साक्षर जिल्ला घोषणा भई सकेको छ । तर अहिले सम्म कपिलवस्तु भने साक्षर जिल्ला घोषणा हुन  सकेको छैन ।

२०७६ साल देखि कपिलवस्तुलाई साक्षर जिल्ला घोषणा गर्न पटक पटक प्रतिबद्धता जाहेर गरिए पनि हाल सम्म कपिलवस्तु साक्षर जिल्ला घोषणा हुन नसकेको शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले बताए ।

जिल्लाका १० स्थानीय तह मध्ये अझै ५ वटा साक्षर पालिका घोषणा हुन सकेको छैन । बाँकी रहेको कपिलवस्तु,र कृष्णनगर नगरपालिका तथाा यशोधरा, बिजयनगर र मायादेबी गाउँपालिकाका अझै सम्म साक्षर पालिका घोषणा हुन सकेका छैन ।

बाणगंगा, बुद्धभुमी, महाराजगंज, शिवराज नगरपालिका र सुद्धोदन गाउपालिका साक्षर पालिका घोषणा भई सकेको छन । साक्षर नेपाल घोषणा अभियान  २०७६ अनुसार १५ बर्ष बर्ष देखि ६० बर्ष उमेरका ९५ प्रतिशत साक्षर भए पछि पालिका र जिल्लालाई साक्षर घोषणा गर्न सकिने प्रावधान छ ।

कपिलवस्तुको तौलिहवामा जिल्ला समन्वय समितिका प्रमुख तथा साक्षरता अभियान जिल्ला समन्वय समितिका बावुराम आचार्यको. संयोजकत्वमा बसेको बैठकले आगामी असार १५ भित्र साक्षर घोषणा हुन नसकेका पालिकाले साक्षर पालिका घोषणा गर्ने गरी कार्य अघि बढाउन निर्णय  गरिएको छ । जिल्लालाई चालु आर्थिक बर्षको असार भित्रै साक्षर जिल्ला घोषणा गर्ने फेरी प्रतिबद्धता व्यक्त गरिएको छ ।

कृष्णनगर नगरपालिका बाहेक बाकी रहेको अन्य पालिकालाई चाडै नै साक्षर पालिका घोषणा गर्न सकिने स्थितिमा रहेको प्रमुख घिमिरेले बताए । अभियान समितका प्रमुख आचार्यले अब जिल्लालाई यसै आर्थिक बर्ष भित्र साक्षर जिल्ला बनाउन ढिला गर्न नहुने बताए । ‘ कपिलवस्तुलाई अब चाडै साक्षर जिल्ला घोषणा गर्नु पर्छ ’ उनले भने ।

प्रजिअ शंकरहरि आचार्यले साक्षरता जिल्ला घोषणा गर्न पालिकाहरुले विशेष पलह गर्नु पर्ने बताए । ‘ लुम्बिनी प्रदेशमा कपिलवस्तु मात्र साक्षर जिल्ला घोषणा हुन नसक्नु दुःखद कुरा हो, सबै मिलेर जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न जुरुरी छ ’ उनले भने । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले आफनो पालिकाका १२ मध्ये ३ वडा मात्र साक्षर घोषणा नर्ग बाकी रहेको बताए । उनले आउने असार १५ भित्र पालिकालाई साक्षर पालिका घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

प्रकाशित: २५ जेष्ठ २०८० १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App